विश्वमा महामारी लिएको कोरोना भाइरसको कारण देश भर लकडाउन अबस्थामा रहेको छ । यो बेला के गर्ने त ? चरिकोटमा संन्चालित न्याय हेल्थ नेपाल दोलखाका निर्देशक डा. विनोद दंगालको यस्तो सुझाव दिनु हुन्छ ।
- चरिकोट–आज बिश्व कोविड् (१९ को माहामारीले बिथलिएको छ। लाखौं मानिसहरु संक्रमित भएका छन भने हजारौंको मृत्यु भएको छ र २०० भन्दा बढी देशमा यो रोग फैलिसकेको छ । देशमा “लकडाउन” भएर अझ धेरै मनसिक तनाब थपिएको छ। अब लकडाउन भएको बेलामा के गर्ने भन्ने सबाल सबैमा उठ्न सक्छ, तपाईंहरु पनि केही कुराहरु बुझी आफुलाई मनसिक तनाबबाट बची आफुलाई स्वस्थ राख्नुहोस्।
यस्तो बेलामा मनोसामाजिक चिकित्सा अनुसार तलका महत्वपूर्ण टिप्पणीहरु याद गर्नुहोस् । - नकारात्मक समाचार जसले तपाईंलाई तनाबमा राख्छ, यसबाट टाढा रहनुहोस ।
- किताब वा महत्वपुर्ण लेखहरु पढ्नुहोस् ।
- संगीत बजाउने, गाउने, सुन्ने वा नाँच्ने गर्नुहोस् ।
- योगा, व्यायाम वा ध्यान गर्नुहोस्।
- परिवारसँग समय बिताउनुहोस, आफ्ना मर्का एक एकअर्कामा आदान प्रदान गर्नुहोस् ।
- छरछिमेक, साथी भाइहरुसँग गफ गरी हालचाल वा समस्याहरु बुझ्नुहोस्।
- घरभित्र खेलिने खेलहरु खेल्नुहोस्।
- सिर्जनात्मक कार्यहरु जस्तै– कबिता लेख्ने, कथा लेख्ने वा उपन्यास लेख्ने र पेन्टिङ गर्ने गर्नुहोस् ।
- धुम्रपान, मध्यपान वा लागुऔषध प्रयोग नर्गनुहोस् ।
- कोविड्–१९ संक्रमित ब्यक्तिहरु ९५–९७ प्रतिशत ठीक हुन्छन भन्ने कुरा नभुल्नुहोस् ।
- संक्रमण रोकथाम गर्ने कुराहरु जस्तै मिची मिची हात धुने, सामाजिक दुरी मिलाउने, खोक्दा वा हाछिँउ गर्दा नाक मुख छोप्ने वा कुइनो प्रयोग गर्ने, भिड्भाडमा नजाने वा भिड्भाड नगर्न अरुलाई सिकाउने ।
- बालबालिकाहरुलाई बुझाउन चित्र बनाउनुहोस् र सिकाउनुहोस् ।
- घरका सदस्यहरु मिलेर मिठा परीकार्हरु खानुहोस् ।
- सन्तुलित भोजनको प्रयोग गर्नुहोस् ।
- पर्याप्त मात्रामा ६–८ घण्टा सुत्नुहोस्।
Be the first to comment on "कोविड -१९ को लकडाउन भएको बेलामा के गर्ने त ?डा. विनोद दंगालको यस्तो छ सुझाव"