दोलखामा ः‘लकडाउन’मा घर बाहिर निस्कनेलाई कोरोनाकोबारे कक्षा

चरिकोट (दीस) –सरकारले एक साताको लागि आह्वान गरेको ‘लकडाउन’मा घर बाहिर निस्कने १ सय ५० दोलखालीलाई नियन्त्रणमा कोरनाको बारेमा कक्षा दिइएको छ ।
लकडाउनको दोस्रो दिन सरकारको आह्वान उल्लङघन गरेका १ सय ५० लाई दोलखालीलाई प्रशिक्षण दिएर घर पठाइएको हो । कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपाय बारे हरेकलाई १० मिनेटको प्रशिक्षण दिईएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनु भयो ।
स्थानीय प्रशासनको आदेशको अवज्ञा गरेका १० मोटरबाइक समेत दोलखा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला टाफ्कि प्रहरी कार्यालय दोलखाले जनाएको छ । स्थानीय प्रशासनले खाद्यन्न ढुवानीका साधनलाई साँझ र रातको समयमा अनलोडको व्यवस्था मिलाएको प्रजिअ शर्माले बताउनु भयो ।

Shares

Be the first to comment on "दोलखामा ः‘लकडाउन’मा घर बाहिर निस्कनेलाई कोरोनाकोबारे कक्षा"

Leave a comment

Your email address will not be published.


*