सिंगटीमा ५ बेडको आइसोलेसन कक्ष निर्माण

चरिकोट (दीस) –दोलखाको कालिन्चोक गाउँपालिकाले कोरोना भाइरस ( कोभिन १९) लागेका विरामीको उपचार गर्न ५ वेडको उपचार कक्ष निर्माण गरेको छ ।पालिकाले पालिकाको सिंगटीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन कक्ष निर्माण गरेको हो ।

विश्व भरि संक्रमणको रुपमा रहेको कोरोना भाइरस ( कोभिन १९) वाट “आफू पनि वचौं, अरुलाई पनि वचाऔं” भन्ने मूल अभियानलाई गाउँ–गाउँमा पु¥याउन आइसोलेसन कक्ष निर्माण  गरिएको पालिकाका उपप्रमुख कालिका पाठकले बताउनु भयो ।

उपचारमा संलग्न स्वास्थ्य कर्मीलाई सुरक्षा कवच सहित आवश्यक उपकरण, औषधी लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरीएको उहाँले बताउनु भयो । पालिकाले उद्धार टिम समेत गठन गरिएको जनाइएको छ ।

Shares

Be the first to comment on "सिंगटीमा ५ बेडको आइसोलेसन कक्ष निर्माण"

Leave a comment

Your email address will not be published.


*