दोलखाका महिलाहरुको दक्ष कुक बन्ने चाहना

ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १४
दोलखाकाका महिलाहरुले कुक बन्ने चाहना देखाउँदै दक्ष कुक बन्न अग्रसर भएका छन् ।
घरको भान्सामा मात्र सिमित हुने महिलाहरु आयआर्जन गरि आत्मनिर्भर हुन दक्ष कुक बन्न अग्रसर भएका हुन् ।
पछिल्लो समय जिल्लामा होटलमा लगानी बढेको छ भने, विभिन्न स्थानमा होम स्टे सञ्चालन भइरहेको अवस्थामा महिलाहरु कुक पेशा प्रति आकर्षित हुनु राम्रो पक्ष रहेको सिर्जना होटल चरिकाेटका सञ्चालक भरत कुसुलेले बताए ।
जिल्लाका महिलाहरुको जीवनस्तर सुधारका लागि कुक तालिम सुरु भएसँगै कुक पेशामा महिलाहरुको रुची र चाहना बढेको देखिएको छ ।
महिलाहरुकाे चाहना र रुचीलाइ मध्यनजर गर्दै तालिमकाे अायाेजना गरिएकाे छ । कुक बन्न शैदान्तिक र व्यवहारिक सीपको आवश्यक पर्ने भएकाले मंगलबार चरिकोटमा ३ सय ९० घन्टे अर्थात् ३ महिने महिला कुक तालिम सुरु भएको छ ।
महिलाहरुको क्षमता अभिवृद्धि गरि दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ व्यवसायिक तथा सीप विकास तालीम केन्द्र बागमती प्रदेश मकवानपुर हेटौडाको आयोजनामा तालिम सुरु भएको हो। तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले गरेका थिए । तालिममा ९ वटै स्थानीय तहका २३ जना महिलाहरुको सहभागिता रहेको छ । तालिममा फनिन्द पोखरेलले प्रशिक्षण दिइरहेका छन् । तालिम दिपप्रशन रिसोर्टमा बुधबारदेखि सञ्चालन गरिने व्यावसायिक तथा विकास तालिम केन्द्रका प्रमुख युवराज गुरुङले बताए ।
उनले तालिम सहभागिले विभिन्न खानाका परिकार बनाउन सिक्ने छन् । उक्त सीप सिकी स्थानीय स्तरका होटलमा दक्ष कुकको रुपमा स्थापित हुन सहयोग पुग्ने उनले बताए । प्रमुख गुरुङका अनुसार माग भएमा अन्य स्थानी तहमा पनि तालिम सञ्चालन गरिने छ ।
तालिममा सहभागीलाई सफल भएको खण्डमा प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएकाे तालिमकी स‌याेजक धन लक्ष्मी थामीले बताइन् ।

तस्बिर रविजँग बस्नेत

Shares

Be the first to comment on "दोलखाका महिलाहरुको दक्ष कुक बन्ने चाहना"

Leave a comment

Your email address will not be published.


*