ईश्वर बिश्वकर्मा
चरिकोट, फागुन १२
दोलखाको भीमेश्वर नगरपालिकाले चरिकाेटमा निर्माणाधिन सपिङ कम्प्लेक्समा जेष्ट नागरिक भेट भई अनुभव आदानप्रदान गर्न आरोग्य मिलन केन्द्र व्यवस्थापन गरिने भएको छ ।
जेष्ठ नागरिक पुस्ताकलाय, रेडियो र सँगितालय सहितको आरोग्य मिलन केन्द्र निर्माणाधिन सपिङ कम्पलेक्समै व्यवस्थापन गरिने भएको हो ।
जेष्ठ नागरिकको हकअधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति दिने गरि सपिङ कम्पलेक्सको एक कोठामा मिलन केन्द्र व्यवस्थापन गरिने भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए ।
नगरपालिकाले चालु आर्थिक वर्ष ९ वटै वडामा जेष्ठ नागरिकको अनुभव आदानप्रदान गर्न जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र निर्माण गर्ने योजना बनाएको छ ।
भीमेश्वर नगरपालिका वडा नं ७ का ९३ बर्षका बम बहादुर थापा भन्छन् “हामीले धेरै पटक सातदोबाटो नजिकै मिलन केन्द्र निर्माण गर्न आग्रह गर्दा पनि सुनुवाई भएको थिएन । हामी सातदोबाटोको प्रतिक्षालयमा भेला भई धुलो खाएरै कुराकानी गर्न बाध्य थियौँ । सपिङ कम्प्लेक्सको भवनमा कोठा व्यवस्थापन हुनु खुसीको कुरा भएको हो ।”
चरिकोट बस्दै आएका ८४ वर्षिय विष्णुकान्त ढुङ्गेलले भेला भई कुराकानी गर्न, सहज किसिमको भवन निर्माण गरिदिन नगरसँग आग्रह गरेका छन् ।
जेष्ठ नागरिकहरु अहिले चरिकोटको सातदोबाटोमा रहेको प्रतिक्षालयमा भेला भई दुखसुखका कुराकानी गर्ने गरेका छन् । प्रतिक्षालयमा भेला भई कुराकानी गर्दा धेरै समस्याहरु भोग्नु परेको उनिहरु बताउँछन् । जेष्ठ नागरिकहरु जम्मा भएर अनुभव आदानप्रदान गरि दैनिकी व्यतित गराउन नगरले जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र निर्माण गर्ने योजना बनाएको थियो । जेष्ठ नागरिकहरु भेट भई कुराकानी गर्दै दैनिकी गुजार्न सहज हुने उद्देश्यका जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र निर्माण गर्ने योजना नगरको रहेको छ । जेष्ठ नागरिकहरु भेला भई दुखसुखका कुरा गर्न सातदोबाटोमा धुलो खानु पर्ने अवस्था आरोग्य मिलन केन्द्र निर्माणले हट्ने बताए । जेष्ठ नागरिकहरु चरिकोटको सातदोबाटोमा रहेको प्रतिक्षालयमा भेला भई कुराकानी गर्दै दैनिकी गुजार्ने गरेका छन् ।
Be the first to comment on "चरिकाेटकाे सपिङ कम्प्लेक्समा जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र"