इश्वर बिश्वकर्मा
चरिकाेट फागुन ११
खाडीचौर चरिकोट सडकखण्ड ढिलासुस्ती बिरुद्ध लामोसाँघु जिरी सडक सुधार आयोजनाको कार्यालय डाडापाखर सिन्धुपाल्चोकमा तालाबन्दी गर्ने क्रममा ५ अभियान्ताहरुलाई प्रक्राउ परेका छन् ।
आइतबार १ बजेको समयमा आयोजनामा तालाबन्दी गर्न गएका अभियान्ताहरुलाई प्रहरीद्धारा प्रकाउ परेका हुन् ।
चरिकोट(खाडीचौर सडक ढिलासुस्तीविरूद्ध नागरिक खबरदारी’ अभियानका संयोजक चिरञ्जिबी मास्के, उपसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी, सदस्य सिर्जनकुमार घिमिरे र ज्ञानबहादुर बस्नेतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।उनीहरूले सिन्धुपाल्चोकस्थित लिसंखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सडक आयोजना कार्यालयमा ताला लगाएका थिए। सडक कालोपत्र काम समयमै नभएको भन्दै ठेकेदारको फोटो टाँस्ने, सिठ्ठी फुकेर विरोध गर्नेलगायत काम नागरिक अगुवाहरूले गर्दै आएका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयका ईन्सपेक्टर रामचन्द्र घिमिरेको टोलीले सदरमुकाम चौतारा तर्फ ल्याउँदैछ । प्रहरी कस्टडीमै बसेर पनि आन्दोलन जारी राख्ने संघर्ष समितिका सचिव गोकर्ण भण्डारीले जानकारी दिए ।
Be the first to comment on "खाडीचौर –चरिकोट सडकखण्ड ढिलासुस्ती बिरुद्धका ५ अभियान्ताहरु प्रकाउ"