काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनायो । ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ अर्धशतकीय इनिङ्स खेले । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए । यस्तै अकिब अयासले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।नेपालका करण केसीले ४ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले ३ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।
नेपाललाई १ सय ९८ लक्ष्य
TOPICS:खेल
Posted By: दीक्षण दैनिक २२ माघ २०७६, बुधबार १२:५५
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "नेपाललाई १ सय ९८ लक्ष्य"