दोलखाका अग्रज पत्रकार मास्के सम्मानित

चरिकोट (दीस) –विगुल फाउण्डेशनले पत्रकारिता क्षेत्रमा योगदान गरेको भन्दै दोलखाका अग्रज पत्रकार चिरन्जीवि मास्केलाई सम्मान गरेको छ। दोलखामा रहेर पत्रकारिताको माध्यमबाट समाजमा योगदान गरेको भन्दै फाउण्डेशनले आज मास्केलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय सदस्य रहेका मास्के दोलखामा ३० बर्ष देखी पत्रकारिता गर्दै आएका छन् । उनी दोलखाका अग्रज पत्रकार हुन ।


। समाजिक अभियन्ता लक्ष्मण गुभाजु र श्रीमती विपना श्रेष्ठ गुभाजुले बैवाहिक बर्षगाँठको अवसरमा विगुल फाउण्डेशनको स्थापनासंगै कला, शिक्षा र पत्रकारिता क्षेत्रका चार जनालाई सम्मान गरेको थियो ।
विगुल फाउण्डेशनबाट सम्मानित हुनेहरुमा बरिष्ठ कलाकार एवं जेष्ठ नागरिक संघका केन्द्रीय अध्यक्ष मदनदास श्रेष्ठ, शिक्षाविद् प्राध्यापक डाक्टर सुधा त्रिपाठी, पत्रकार चिरञ्जीवी मास्के र गौरीशंङर बहुमुखी क्याम्पस चरिकोटका क्याम्पस प्रमुख शान्त के.सी रहेका छन्  । श्रेष्ठको जन्म स्थल दोलखा रहेको उनी दोलखाका वरिष्ठ कलाकार हुन । उनी हाल पनि दोलखामा फिल्मसिटी सिटी बनाउने अभियानमा रहेका छन् ।

त्रिपाठी हाल त्रिवीमा कार्यरत रहेकी छन ।

के.सी गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख हुन ।


। त्यसैरी विगुल फाउण्डेशनका संरक्षक लक्ष्मण गुभाजुको स्वर्गीय बहिनी होमकुमारी गुभाजुको नाममा गौरीशंङर बहुमुखी क्याम्पसमा एक लाख ११ हजार एक सय ११ रुपैयाको शैक्षिक अक्ष्यकोषको स्थापना समेत गरिएको छ ।

Shares

Be the first to comment on "दोलखाका अग्रज पत्रकार मास्के सम्मानित"

Leave a comment

Your email address will not be published.


*