गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा गौरीशंकर क्याम्पास

दीक्षण समाचार
माघ १२
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पस विश्व विद्यालय अनुदान आयोगले तोकेका सूचकमा सुधार गरेसंगै गुणस्तर सुनिश्चितताको प्रमाणपत्र(त्तब्ब्) प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरेको छ ।
गुणस्तरयुक्त क्याम्पस हुनका लागि आवश्यक पर्ने ८ वटा मापदण्ड अन्तरगत १ सय २० वटा सूचकमा सुधार गरेवापत यो वर्ष थप १२ लाख अनुदान प्राप्त गर्न सफल भएको हो ।
क्याम्पसले नियमित अनुदान १२ लाख, सूचकमा सुधार अन्तरगत १२ लाख र सेमेष्टर प्रणालीमा सुधार गरेवापत २० लाख अनुदान गरी यो वर्ष मात्र ४४ लाख अनुदान विश्व विद्यालय अनुदान आयोगबाट प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख शान्त केसीले बताए ।
विश्व विद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा सहभागी क्याम्पसले तोकिएको कार्य सम्पन्न गरेवापत अनुदानको व्यवस्था गर्दै आएको उनले बताए ।
विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गरेपछि स्नातक तहका तीनवटा संकाय (शिक्षा,मानविकी र व्यवस्थापन) र स्नातकोत्तरको तहपार विद्यार्थी सङ्ख्या बराबर गौरीशंकर क्याम्पसले अनुमानित ५० लाख वार्षिक अनुदान प्राप्त गर्न सक्नेछ ।
विश्व विद्यालय अनुदान आयोगले तोकेका मापदण्ड अन्तरगत क्याम्पसका आन्तरिक नीति तथा कार्यविधि निर्माण,पाठ्यक्रम विकास तथा सुधार,शिक्षण सिकाई क्रियाकलापमा सुधार,आन्तरिक तथा वाह्य अनुसन्धानात्मक कार्य, पूर्वाधार विकास, विद्यार्थी सहायता तथा परामर्श, सूचना प्रणालीको व्यवस्थापन र सार्वजनिक सूचना प्रक्रिया समेत ८ वटा मापदण्ड सुधार गरेपछि क्याम्पस अनुदानको प्रक्रियामा प्रवेश गरेको हो ।
क्याम्पस प्रमुख केसीका अनुसार विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रमाणपत्र प्राप्त गर्न तोकेका मापदण्ड अनुसारको काम ६० प्रतिशत सम्पन्न भएको छ ।

Shares

Be the first to comment on "गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा गौरीशंकर क्याम्पास"

Leave a comment

Your email address will not be published.


*