सहरीकरणको जोखिम सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न
कबिराज थामी
चरिकोट, माघ ११
दोलखामा सहरीकरण र भूउपयोग परिवर्तन तथा जोखिम सम्बन्धि परामर्श २ दिने कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका १ सुस्पामा बिहीबार र चरिकोटमा शुक्रबार लामो अवधिका परिवर्तनका बारेमा परामर्श दिन परामर्श कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बैज्ञानिक डाक्टर केरेन सेटो र मेरेडिथ रेबाले सहरीकरणको अवस्था, सहरीकरणको कारण, प्रभाव र सेटेलाइटको महत्व लगायतको विषयमा जानकारी दिएकी थिइन् । उनले जोखिमहरु त्यसको परिवर्तनलाई पनि स्थानिय द्रष्टिकोणबाट बुझ्ने, त्यस पश्चात् जानकारीलाई लिएर उपग्रह द्वारा भुउपयोग तथा जोखिमको परिवर्तन बारे विगत ३० वर्ष देखि संकलन गरिरहेको तथ्याङका सँग गर्ने र भीमेश्वर नगरपालिकालाई आगमी सालहरुमा सहरी बिकास योजना तर्जुको निम्ति उपयोग सामग्रीहरु बिकास गर्ने बताए ।
परामर्श कार्यक्रममा स्थानिय जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी र स्थानिय वासीको सहभागिता रहेको थियो ।
Be the first to comment on "सेटेलाइटबाट खिचिएको चरिकोट आसपासको दृष्य"