ईश्वर बिश्वकर्मा/कविराज थामी
चरिकोट, पौष २०
गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप)मा भ्रमणका लागि आउने विदेशी पर्यटकको संख्या बढेको छ ।
विक्रम सम्बत २०७२ को भुकम्प पछि पर्यटकको संख्यामा कमी आएपनि विगत केही वर्षदेखि आयोजना क्षेत्रमा आउने पर्यटकको संख्या बढेको हो ।
दोलखा, रामेछाप र सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने आयोजना क्षेत्रमा चालु आर्थिक वर्षको साउन महिनादेखि पौष १५ सम्ममा १ हजार ३ सय २९ जना पर्यटक भित्रिएका आयोजनाले जनाएको छ ।
जसअन्तर्गत सार्क राष्ट्रका २३ जनासहित अन्य देशका १ हजार ३ सय जना गरि १ हजार ३ सय २९ जना पर्यटक भ्रमणका लागि आएको आयोजना प्रमुख सत्य नारायण शाहले बताए ।
उनकाअनुसार गत आर्थिक वर्ष २०७५÷०७६ मा २ हजार ५ सय ४६ पर्यटक आयोजना क्षेत्रमा आएका थिए । आयोजना क्षेत्रमा सार्क राष्ट्रका ६६ जना मात्रै पर्यटक आएका थिए । त्यसैगरि अन्य देशका २ हाजर ४ सय ४६ जना पर्यटक भित्रिएका गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्य नारायण शाहले बताए ।
उनले बताएअनुसार आयोजना क्षेत्रमा आउनेको संख्या पुरुषको बढी रहेको छ । गत आर्थिक वर्षको तथ्याङमा १ हजार ६ सय ५० जना पुरुष पर्यटक आएका थिए, ८ सय ६२ जना महिला पर्यटक भ्रमणका लागि जिक्यापमा आएका थिए । जसमा २ प्रतिशत सार्क देशका र ९८ प्रतिशत अन्य देशका पर्यटक आयोजना क्षेत्रमा आएका छन् ।
आयोजनाका लेखापाल सरोज पौडेलकाअनुसार आयोजना क्षेत्रको भ्रमणमा आउने पर्यटक मध्ये अधिकाँश पर्यटकले प्रवेश अनुमति काउन्टर काठमाडौँबाट प्रवेश अनुमति लिने गरको छन् । त्यसैगरि शिवालय क्षेत्रबाट पनि प्रवेश अनुमति लिने धेरै देखिएको छ । सिँगटीबाट मध्यम संख्यामा र नयाँ पुलबाट कम संख्यामा पर्यटकको प्रवेश भएको उनले बताए । असोजदेखि कार्तिक महिनामा पर्यटकको आगमन बढीमात्रमा हुने गरेको छ । चैत महिना देखि जेठ महिनासम्ममापनि आयोजना क्षेत्रमा पर्यटकहरु धेरै आउने लेखापाल पौडेलले बताए ।
बर्षेनी विदेशी पर्यटकको संख्यामा बृद्धि हुदाँ आयोजना क्षेत्रको नभई नेपालकै पर्यटन प्रर्वद्धनमा सहयोग पुगेको सरोकारवाला बताउँछन् ।
लामोसाँघु–जिरी सडक निर्माणाधिन अवस्थामा रहेकाले संरक्षण क्षेत्र आयोजनामा भ्रमणका लागि आउने पर्यटकलाई समस्या पर्ने गरेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार आयोजना क्षेत्रमा सार्क राष्ट्रका नागरिकका लागि १ हजार प्रवेश शूल्क लिइन्छ, भने सार्क राष्ट्रबाहेक अन्य देशका नागरिकका लागि ३ हजार शल्क लिइन्छ । स्वदेशी नागरिकका लागि भने शूल्क लिइदैन ।
आयोजना क्षेत्रमा आयोजनाले गरेको अनुसन्धानमा गौरीशंकर गापाको रोल्वालिङ क्षेत्रमा क्यामराबाट ७ किसिमका संरक्षित वन्यजन्तु फेला परेको आयोजनाले जनाएको छ ।
आयोजनाको चालु अािर्थक वर्षको कार्यक्रम अन्तर्गत जैविक विविधता अध्ययनका ला िसञ्चालन गरेको क्यामरा ट्रयापिङबाट कुल ७ वटा संरक्षित वन्यजन्तुहरु फेला परेको आयोजनाका अनुसन्धान अधिकृत विष्णुप्रसाद पाण्डेले बताए ।
वन्यजन्तुबाट पिडीतलाई आयोजनाद्धारा राहत वितरण
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आयोजनामा क्षेत्रका वन्यजन्तुबाट पिडित स्थानीयलाई राहत वितरण गरेको छ ।
आइतबार रोल्वालिङ उपत्यकामा सञ्चालित जैविक विविधता अध्ययन अनुसन्धानको नतिजा सार्वजनिक गर्दै आयोजनाले वन्यजन्तुबाट पिडित स्थानियलाई राहत वितरण गरेको हो ।
आयोजनामा संरक्षित वन्यजन्तुले ९ जना स्थानियको बाख्रा, भैँसी लगायतको पशुधनको क्षति पु¥याएको थियो । विगुगाउँपालिकाका २ जना र गौरीशंकर गापाका ७ जना स्थानीयको पशुधनको क्षति पु¥याएको थियो । क्षति पु¥याएकोमा विगु गापा वडा नम्बर १ लामावगरकी मेममाया तमाङलाई २३ हजार, विगु गापा ४ लादुकका जित बहादुर तमाङलाई नगद १० हजार राहत स्वरुप वितरण गरेको आयोजना प्रमुख सत्यनाराण शाहले बताए ।
त्यसैगरि गौरीशंकर गापाका ९ गौरीशंकरकी आइती माया तमाङलाई १७ हजार, सुरीका नेत्र बहादुर खड्का ९ हजार, वडा ५ सुरीका दिनेश खड्कालाई १० हजार, वडा ६ खारेका अर्जुन बहादुर बुढाथोकीलाई १० हजार, वडा ९ गौरीशंकरका साङ्वीर तमाङलाई ५ हजार वितरण गरिएको उनले बताए ।
मानव र वन्यजन्तु विचको द्धन्द्धनियन्त्रणका लागि आयोजनाले विषेश किसिमको उपाय अपनाउने पनि उनले बताए ।वडा नम्बर ६ खारेका टलक बहादुर तमाङ १५ हजार, सोही वडाका वाईसेल तमाङलाई ५ हजार वितरण गरिएको प्रमुख शाहले बताए ।
रोल्वालिङ उपत्यकामा सञ्चालित जैविक विविधता अध्ययन अनुसन्धान नितिका सार्वजनिकीकरण तथा वन्युजन्तु पिडितलाई राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतले मन्तव्य राखेका थिए ।
Be the first to comment on "गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप)मा विदेशी पर्यटकको संख्या बढ्यो"