दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाललाई अख्तियारले ग¥यो पक्राउ

चरिकोट(दीस) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं उप–सचिव खगेन्द्रप्रसाद रिजाललाई मंगलवार पक्राउ गरेको छ ।

आयोगले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न सेवाग्राहीहरुसँग घूस लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्दै उनलाई थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।

यसअघि अख्तियारले निज उप–सचिवका सम्बन्धमा अनुसन्धान गरिरहेकोमा थप अनुसन्धानका लागि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।

यो पनि पढ्नुहोस

मुहानै-धमिलो-हुन्छ-भने-

 

 

Shares

Be the first to comment on "दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाललाई अख्तियारले ग¥यो पक्राउ"

Leave a comment

Your email address will not be published.


*