भ्रमण वर्षको पुर्वसन्ध्यामा दोलखाका पर्यटकिय स्थलहरुको सरसफाई गरिने

ईश्वर बिश्वकर्मा
चरिकोट, पुष ८
भ्रमण बर्ष २०२० को पुर्वसन्ध्यामा दोलखाका विभिन्न पर्यटकिय स्थलसँगै बजार सरसफाई गरिने भएको छ ।
भ्रमण वर्ष सफल पार्न बनाइएकाे  जिल्ला स्तरिय आयोजक तथा सहजिकरण  समितिको मंगलबार बसेको दोस्रो बैठकमा पुष १४ अर्थात् डिसेम्बर ३० को दिन जिल्लाको विभिन्न पर्यटकिय स्थलसहित बजार सरसफाइ गर्ने निर्णय गरेको हो ।
जिल्लामा अवस्थित मठमन्दिर, पार्क, सडक, विद्यालय, विभिन्न कार्यालय र निजी घर सरसफाइ गर्ने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष तथा जिसस प्रमुख डबल पाण्डेले बताए ।
भ्रमण बर्षको पुर्वसन्ध्यामा सम्बन्धित व्यक्तिहरुले पर्यटकिय स्थल लगायत बजार सरसफाइ गर्नुपर्ने उनले बताए । पर्यटकिय स्थलहरु सरसफाइ गर्नाले पर्यटकहरु आर्कषित हुने उनले बताए ।
उनका अनुसार सरसफाइ त सधैँ गनु नै पर्छ, तथापी पनि सो दिन सरसफाइ अभियान विषेश मनाइने योजना हो ।
बैठकले भ्रमण वर्षको पहिलो साँझ अर्थात् जनवरी १ मा दिपावली गर्ने निर्णय गरेको छ ।
मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकमा समितिका सदस्यहरुले भ्रमण वर्ष सफल पार्न सर्वप्रथम सडक सुधार हुनुपर्ने बताएका छन् ।
सदरमुकामको मात्रै प्रचार नगरी समग्र दोलखाको पर्यटकिय स्थलहरुको प्रचारप्रसार सामाजिक सञ्जाल लगायत राष्ट्रिय मिडियाबाट गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
सरोकारवालाका अनुसार पर्यटकको शान्तिसुरक्षा हुनुपर्ने, सहज यातायातको व्यवस्था हुनुपर्ने, स्थानिय स्तरको मौलिकपना देखिनुपर्ने लगायत सल्लाह दिएका छन् ।
बैठकमा ३ नम्बर प्रदेश सदस्य पशुपति चौलागाईँले चरिकोट, जिरीलगायतका होटलहरुलाई पर्यटन मैत्री हुन आग्रह गरे । उनले पर्यटन विकासका लागि सडक महत्वपुर्ण रहेकाले जिल्लाका मूख्य सडकहरु तुरुन्तै सुधार गर्नूृपर्ने बताए ।

त्यसैगरि बैठकले जिल्ला स्तरिय आयोजक तथा सहजिकरण समिती दोलखाको सचिवालय निर्माण गरेको छ । सचिवालयमा विष्णु खड्का, सौगात थापा,गणेश शाही ठकुरी, मन्दिरा थापा र रवि बस्नेत चयन भएका छन् । सचिवालयले पर्यटकिय सम्भावनाका विषयमा कार्य गर्ने सचिवालयले जनाएको छ ।
बैठकमा  विश्व साइकल यात्री  पुष्कर शाह  विभिन्न पालिकाका प्रमुख तथा जनप्रतिनिधी,  हाेटल व्यवसायी उद्याेगी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
भ्रमण वर्षको आगमनसगैँ दोलखामा किवी महोत्सव तयारी
भ्रमण वर्ष २०२० आगमनसगैँ दोलखा सदरमुकाम चरिकोटमा किवी महोत्सव आयोजनाको तयारी गरिएको छ ।
भीमेश्वर नगरपालिकाका लगायत विभिन्न पालिकाको समन्वयमा ७ दिने किवी महोत्सव गर्ने तयारी भएको हो ।
नेपालमा दोलखाबाटै किवीको विस्तार भएकोले थप प्रचारप्रसारका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवको तयारी भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
पुष १५ गतेदेखि सूरु हुने महोत्सवमा चरिकोट बजारको सडक पेटीमा किवीको स्टल ७ दिनसम्मै राखिन महोत्सव मूल आयोजक समितिका अध्यक्ष तथा भिनपा प्रमुख भरत बहादुर केसीले बताए ।
किवी फलको महत्वसगैँ स्थानिय मौलिक खानेकुरा, मौलिक संस्कृति र पर्यटकिय स्थलहरुको प्रचारप्रसारका निम्ती महोत्सवको आयोजनाको तयारी गरिएको उनले बताए ।
महोत्सवमा स्थानिय स्तरमा उपलब्ध हुने विभिन्न औद्योगिक सामग्री, कृषि उपज, हस्तकलाका सामग्री, दुग्धजन्य वस्तुहरु लगायत जिल्ला उत्पादित सम्पुर्ण वस्तुहरु प्रर्दशन गर्न सकिने बताइएको छ ।
महोत्सवलाई सफल पार्नका लागि आठवटा उपसमिति बनाइ विभिन्न कामको बाँडफाँड गरिएको केसीले बताए ।

Shares

Be the first to comment on "भ्रमण वर्षको पुर्वसन्ध्यामा दोलखाका पर्यटकिय स्थलहरुको सरसफाई गरिने"

Leave a comment

Your email address will not be published.


*