चरिकोट, मंसिर २९
आइतबार सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडक खण्डको ६ किलोमा भएको बस दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका २ सहित १४ जनाको मृत्यु भएको छ ।
१४ जनाको मृत्यु भएकोमा ५ जनाको मात्रै सनाखत भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । सनाखत हुनेमा दोलखा भीमेश्वर नगरपालिकाकी ३७ वर्षिया जुनुमाया तमाङ, सोही स्थानकी मञ्जु तमाङ, सिन्धुपाल्चोक जुगल गाउँपालिका ७ का २८ वर्षिय शुकबहादुर तमाङ, सोही स्थानकी ६० वर्षिया सविना तमाङ, र रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तमाङ रहेको सिन्धुपाल्चोकका डियसपी माधव प्रसाद काफ्लेले बताउनुभयो ।
डियसपी काफ्लेका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालिका र १ पुरुष रहेका छन्घाइते २० जना मध्ये २ जनाको उपचारको क्रम अस्पतालमा मृत्यु भएको छ ।
दुर्घटनाका घाइतेहरुमध्ये १२ जनाको सिन्धु सदाबहार अस्पताल खाडिचौर र गम्भिर घाइते भएका ६ जनालाई हेम्स अस्पताल काठमाडौँमा रिफर गरिएको उहाँले बताउनु भयो ।
कालिञ्चोकबाट भक्तपुरतर्फ हिंडेको बा ४ ख ४४६८ नम्बरको बस आज बिहान थुमपाखरमा दुर्घटना भएको थियो । घुम्तिमा दुर्घटना भएको बस माथिल्लो सडकबाट खसेर तल्लो सडकमा पुगेको थियो ।
Be the first to comment on "सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा दोलखाका २ सहित १४ को मृत्यु"