ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १९
आफ्नो बुबाको मायाबाट बञ्चित भएका बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का चन्द्र बिकलाई उनिकी आमाले दुखगरेर पढाइन् ।
विकट ठाउँमा दुखकष्ठको जँघार तर्दै उनकि आमाले दश कक्षासम्म पढाइन् । उनि सो भन्दा माथीको शिक्षा लिन चाहान्थे ।
उनी घरको कान्छा छोरा भएकाले जिम्मेवारी पनि बहन गर्नुपर्ने बाध्यता थियो । त्यसैले उनले दश कक्षा मात्रै पढे ।
उनकि आमाको रहर छोराहरु जागिर खाई ठूला मान्छे बुनन्, तर जागिर खान कि त पैसा चाहिने कि त आफ्नो मान्छे हुनुपर्ने । उनिसँग नत पैसा नै थियो नत, ठाउँमा आफ्नो मान्छे नै ।
अनेकौँ काम खोज्दा पनि नभेटेपछि उनि कामका लागि करिब १२ बर्ष अघि काठमाडौँ होमिए ।
काठमाडौँमा काष्ठकलाको काम मिल्यो । उनलाई सूरुमा त अचम्म लाग्यो, काठको शिव, काठको कृष्ण, काठको राम ।
काठको मुढालाई आकृति दिएर विभिन्न भगवान्को मुर्ति बनाएको र मनग्ये आम्दानी गरेको देख्दा आर्कषित भएर सोही कलालाई आफ्नो रोजीरोटी बनाउन लागे ।
काष्ठकलाको काम हतपत कसैले चाँडै सिक्न नसक्ने भएकाले उनलाई पनि मुढालाई आकृति दिई भगवान् बनाउन समय लाग्यो ।
करिब पाँच, छ महिना पछि उनले कलाकार साथीहरुको सहयोगबाट काष्ठकलाको काम सिके । काठमाडौँ नगरकोटमा करिब १० वर्षको काष्ठकलाको कामबाट धेरै अनुभव बटुलिसकेपछि सिकेको सीप र अनुभवलाई आफ्नै गाउँमा सदुपयोग गनुपर्छ, भन्ने सोचका साथ २ वर्ष अघि आफ्नै गाउँमा काष्ठकला उद्योग खोले ।
यी युवा कलाकारको दैनिकी मुढालाई आकृति दिएर नै बित्छ । उनको आफ्नै चन्द्रकाष्ठ कला उद्योग छ । उनले ३ जना युवाहरुलाई पनि आफुले सिकेको सीप सिकाई रोजगारी दिएका छन् । सुरुसूरुमा केहि आम्दानी भएपनि पछिल्लो समयमा काष्ठकलाका सामग्री प्रचारप्रसारको अभावले अपेक्षा अनुसार बिक्री नभएको उनि बताउँछन् ।
स्वेदशैमा पसिना बगाउने प्रणका साथ सिकेको सीपको सदुपयोग गर्दै करिब ३ लाखको लगानीबाट सुरु गरेको उद्योग प्रचारप्रसारको अभावका कारण बन्दै गर्नुपर्ने अवस्था आएको उनले बताए ।
२८ वर्षका युवा बिकको काष्ठकला उद्योगमा कलाकारहरुले विभिन्न भगवान्को सुन्दर मूर्ति, मुखुन्डो र घर तथा मन्दिरमा सजाउने सामग्रीहरु निर्माण गर्ने गर्दछन् ।
दुई सन्तानका बुबा भईसकेका बिक पछिल्लो समयमा काष्ठकलाका सामग्री बिक्री नहुँदा निराश भएका छन् ।
उनि भन्छन्, “कतिपयले किन्छु भनेर आउँछन्, छोएर हेर्छन्, तर किन्दैनन् । गाउँपालिकासँग काष्ठकलाका सामग्री बिक्री गरिदिन आग्रह गरेपनि कुनै सुनुवाइ भएको छैन, तर आश्वासन मात्रै दिने गरेका छन् ।”
उनको उद्योगमा ५ सयदेखि ५० हजार रुपैँयासम्मका काष्ठकलाका सामग्रीहरु निर्माण हुने गरेको छ । “मुढा बोकेर ल्याउँदा शरीर नै शिथिल हुन्छ, कहिले काँही त चोट पनि लाग्छ, यस्तो मेहेनत गरेर विभिन्न काष्ठकलाका सामग्री निर्माण गर्दा पनि बिक्री नहुँदा पिर लाग्छ” उनले बताए । विभिन्न सामग्री निर्माणका लागि सल्ला, उतिस लगायतका काठहरु उनको उद्योगमा प्रयोग हुने गरेको उनले बताए ।
काठमाडौँमा मनग्ये आम्दानी भएको अनुभव पछि दोलखामा पनि यसको प्रवद्र्धनका साथै विकास र विस्तारका लागि सूरुवात गरेको भएपनि अपेक्षा अनुरुप काष्ठकलाका सामग्री बिक्री नभएको उनेको गुनासो छ ।
उनले उद्योगलाई अझ व्यवस्थति गर्न र उत्पादित सामग्रीको बिक्रीका लागि पहल गरिदिन स्थानीय सरकारलाई आग्रह गरे । उनले पुख्र्यौली पेशा आरानलाई पनि सञ्चालन गर्ने योजना बनाएका छन् । उचित लगानीको वातावरण भएमा उनले आरानलाई पनि सञ्चालन गरि पुख्र्यौली पेशा जोगाउन तिर पनि लाग्ने बताए । साथै उनले नेपाली कागज उद्योग पनि स्थपनाका लागि प्रक्रिया अघि बढाएको बताए ।
Be the first to comment on "छोएर हेर्छन्, तर किन्दैनन्"