चरिकोटको चिसोले चुनौती दिएको भए
तकिया मुनि सिङ्गै सुर्य लुकाएर राख्नू
बिहान उठ्नू
धर्तिको दक्षिण ध्रुबबाट दौडेर
साँझ नपर्दै तिमी उत्तरी ध्रुब पुग्नू
आकाशको एउटा कुनाबाट उडेर
बिहान नहुंदै अर्को कुना सम्म आईपुग्नू
जिन्दगिलाई अँधेरोलोले अंत्त्याएको होला
तिमी आकाशमाथी उडिरहदा
सारा टिलपिले ताराहरु टिपेर
झोला भरी लिएर म सँग आउनू
अलिकती उज्ज्यालो पैचो दिनू
म पनि अँधेरोमै पर्खिरहेको छु
तिम्रो जस्तै जिन्दगिको उज्ज्यालो
कवि –मान बहादुर खडकाको फेसवुकबाट साभार
Be the first to comment on "उज्ज्यालो पर्खिरहेको छु"