अन्धविश्वासको पराकाष्ठा , ११४ मा ११३ घरले बोक्साबोक्सी तोकेः दम्पती गाउँनिकाला

गाउँलेहरुले ‘बोक्साबोक्सी’को आरोप लगाएपछि विगु गाउँपालिकामा एक दम्पतीले गाउँ छाडेका छन् । सामाजिक बहिस्कारको कागज गरी त्यसमा सहिछाप गराइएपछि दम्पतीले असुरक्षा महशुसुस गरि गाउँ छाडेका हुन् । दोलखाको विगु गाउँपालिका वडानम्बर ५ स्थीत स्याँखु गाउँ टोल सुधार समितिको भेलाले उनीहरुलाई ‘बोक्साबोक्सी’को आरोप लगाउँदै सामाजिक बहिष्कार निर्णय गरेका थियो
(हेर्नुहोस माईन्युट)।

 

 

 

१ सय १३ घरधुरीको नाममा हस्ताक्षर गरिएको निर्णयमा पीडित दम्पतीमाथि गाउँलेहरुले ‘बोक्साबोक्सी’को आरोप लगाएर गाउँमा नबस्न धम्की दिएको पिडितका छोरा भुजुराम श्रेष्ठले बताए । गाउँलेहरुले आमा बुवालाई त्यस ठाउँमा नवस्न र अहिले बसोबास गर्दै आएको ठाउँबाट ५ सय मिटर परसम्म बस्न समेत निषेध गरेको उनले गुनासो गरे । उनीहरुले गाउँबाट निकालिदिने धम्की दिदैँ पिडितले ‘इन्द्रजाल’ किताब पढेको सो किताव १५ दिन भित्र फिर्ता गराउनु पर्ने निर्णय गराएका छन । उनीहरुले पिडित दम्पत्तीको परिवारलाई गाउँमा हुने मंसिर १ गतेबाट गाउँमा कुनै पनि विवाह भोज तथा वन समुहमा आबद्ध नगराउने निर्णय गराएका छन ।
गएको मंसिर १ गते स्याखु टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठको अध्यक्षतामा भेलाले बिहान आठ बजेदेखि बेलुकी ५ बजेसम्म ‘बोक्साबोक्सी’को आरोपसहित यातना दिएको पिडित दम्पत्ती बिगु गाउँपालिका–५ स्याखुका ५८ वर्षीय रत्नबहादुर श्रेष्ठ र ५७ वर्षीया कृष्णकुमारी श्रेष्ठले बताए । उनीहरुले आफूहरुलाई ५ घण्टा यातना दिएर “बोक्सा बोक्सी” आरोप लगाएर ल्याप्चे लगाउन लगाएको दुखेसो गरे । पिडित श्रेष्ठले आफु भैसी दुहुन गोठमा गएको बेला समुहका मान्छे भेला भएर बोलाउन पठाएको र आफु समूहमा जाँदा यातना दिएको बताए । उनीहरुले यातना दिएर सामाजिक बेइज्जतपछि टोल सुधार समितिले गरेको निर्णय नम्बर १ मा ‘यी दुई दम्पतीले मनमानी कुनै ठाउँमा गएर तलमाथि गरेमा हामी एक सय १३ जनाको घरधुरी जिम्मेवार हुनेछैन’ भनी हस्ताक्षर समेत गराएका थिए ।
घटना एक साता अगाडीको भएपनि उनीहरुले शुक्रबार मात्र जाहेरी दिएका छन । शुक्रबार मात्रै पिडितहरुले स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठ र धामीझाँक्रिसहित ९ जनाविरुद्ध जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय दोलखाले जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिंगटीको प्रहरी टोलीले खटाएर स्याँखु टोल सुधार समितिका अध्यक्ष रत्ननारायण श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिए । पक्राउ परेकामाथि बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ अनुसार कारबाही प्रक्रिया अघि बढाइने वोहोराले जानकारी दिए । ऐनमा कसुर अनुसार ६ महिनादेखि २ वर्षसम्म कैद वा ५ देखि ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
अनुसन्धानमा संलग्न प्रहरीहरुले किटानी जाहेरी दिइएका सबैजनाको खोजी कार्य भइरहेको जानकारी दिएका छन् । गाउँमा पिडक रत्ननारायणले सबैलाई दवावमा राखी सहिछाप गराएको हुनसक्ने उनिहरुको भनाई छ ।

Shares

Be the first to comment on "अन्धविश्वासको पराकाष्ठा , ११४ मा ११३ घरले बोक्साबोक्सी तोकेः दम्पती गाउँनिकाला"

Leave a comment

Your email address will not be published.


*