दोलखा/मिलिजुली साकोस र कालिञ्चोक सहकारी संस्था लिको एकिकरण पछिको पहिलो संयुक्त साधाण सभा शनिवार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । मिलिजुली साकोसको २६ औ बार्षिक साधारणसभा तथा कालिञ्चोक सहकारी संस्था लिको ४८ औ बार्षिक साधारणसभाको अवसरमा शनिवार संयुुक्त साधारण सभाको आयोजना गरिएको हो ।
सो अवसरमा मिलिजुली साकोसले नेपाल पत्रकार महासंघ दोलखाको निर्माणाधिन सूचना मैत्री भवनको लागि २२ हजार रुपैया आर्थिक सहयोग गरेको छ । मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठले नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई २२ हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको थियो ।
मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, मिलिजुली साकोसका पूर्व अध्यक्ष कृष्णबहादुर दहाल, मिलिजुली साकोसका नारायण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मिलिजुली साकोसको तर्फबाट रमेश सापकोटाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कालिञ्चोक सहकारी संस्थाको तर्फबाट तत्कालिन अध्यक्ष राजेश उप्रेतीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मिलिजुली साकोस र कालिञ्चोक सहकारी संस्था लिको एकिकरण पछिको पहिलो साधारणसभाले मिलिजुली साकोसका अध्यक्ष नारायणबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा एकिकृत सहकारीको अध्यक्षमा चयन गरेको छ ।
Be the first to comment on "पत्रकार महासंघलाई मिलिजुली साकोसको सहयोग"