सुनकोशीमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

चरिकोट दोलखाको मागादेउरालीबाट काठमाडौं आइरहेको शैलुंगेश्वरी यातायातको बा २ ख ७२४५ नम्बरकाे यात्रुबाहक बस चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेमा दुर्घटना हुँदा १४जनाको मृत्यु भएको छ ।दोलखाको शैलुङ गाउँपालिका स्थित मागादेउरालीबाट काठमाडौं तर्फ जाँदै गरेकोे बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकेटे स्थित अरनीको राजमार्गमा भएको दुर्घटनामा थुप्रै यात्रुको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ ।
शैलुङ्गेश्वरी यातायातको बस दिउँसो एक बजे नदीमा खसेको थियो ।
सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक माधव काफ्लेका अनुसार उद्धारको काम भैरहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । बस कसरी दर्घटना भयो भन्ने पनि अनुमान गर्न नसकिएको प्रहरी नायब उपरिक्षक काफ्लेले जनाएका छन् । उनका अनुसार उद्धार गरिएका ३५ जनालाई धुलिखेल अस्पताल लगिएको छ भने १ जनाको खाडिचउरस्थित स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
देउराली बजारबाट बस छुट्दा ३४ जना यात्रु थिए : प्रहरी

सुनकोशी नदीमा खसको बस मागादेउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मागादेउराली, दोलखाका इन्चार्ज सई जयप्रकाश पाण्डेका अनुसार बस बिहान ९ बजे छुटेको थियो। ‘मागादेउरालीको देउराली बजारबाट छुट्दा ३४ जना यात्रु रहेकाले हाम्रो रेकर्डमा छ’ सई पाण्डेले भने। बस सिट फुल गरेर हिडेको र बसमा वालबच्चा समेत रहेको उनले जनाकारी दिए। बिचबाटोमा पनि यात्रु चढ्ने भएकाले बसमा चढ्ने यात्रुको संख्या वृद्धि हुन सक्ने प्रहरीको अनुमान छ।
बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस दिउँसो सवा एक बजे सुनकोशी नदीमा खसेको थियो।

Shares

Be the first to comment on "सुनकोशीमा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो"

Leave a comment

Your email address will not be published.


*