मेलुङ गाउँपालिकामा दुई दिने “आलु महोत्सव २०७६” सुरु

चरिकोट –दोलखाको मेलुङ गाउँपालिकामा दुई दिने “आलु महोत्सव २०७६” आज बाट सुरु भएको छ । पालिकाको वडा नम्वर ३ मा सुरु भएको “आलु महोत्सव” को प्रदेश नम्वर ३ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्धघाटन गरेका छन ।
महोत्सवमा आफ्नो मन्तव्य राख्दै गाउँपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले शैलुङलाई विकास गर्न पालिकाले योजना बनाएर लागेको बताए । ३ पालिकाको संगम स्थल रहेको शैलुङको विकासमा गूरुयोजना बनाउन बजेट परेको उल्लेख गरे । पालिकालाई पाङगारिक क्षेत्र बनाउन लागेको प्रमुख श्रेष्ठले बताए । दोलखामा कृषिको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको आयोजना गरिएको आलु महोत्सवले विशेष महत्व राख्ने भएको पालिकाले महोत्सव आयोजना गरिएको प्रमुख श्रेष्ठले बताए । आलुको व्यापारिकरण गर्ने उदेश्यका महोत्सव आयोजना गरिएको उनले बताए । मेलुङ गाउँपालिकाले १० करोड बराबरको सित भण्डार निर्माण गर्ने योजना बनाएको र त्यस योजनालाई सहयोग गर्न उनले सवै क्षेत्रलाई अनुरोध गरे । पालिकालाई आलुको अनुसन्धान क्षेत्रको रुपमा विकास गर्न लागिएको प्रमुख श्रेष्ठले बताए । आलुको प्रर्वधनमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।
बर्षेनी मेलुङ गाउँपालिकामा करोडौको आलु उत्पादन हुँदै आएको छ । वर्षनी मेलुङ गाउँपालिकाले करोडौको आलु निर्यात गदै आएको पालिका प्रबक्ता हिरा थोकरले बताए । महोत्सवमा ३ नम्बर प्रदेश सभाका सांसद रचना खडका तथा विशाल खडका, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे , कालिन्चोक गाउँपालिकाका प्रमुख विनकुमार थामी, पालिकाका उपाध्यक्ष कल्पना भण्डारी नेकपा दोलखाका कार्यवाहक अध्यक्ष गोपाल पाण्डे, नेपाली कांग्रेस दोलखाका बर्मा लामा, नेकपाका मेलुङ गाउँपालिकाका अध्यक्ष अम्वीका गोले लगायतले शुभकामना व्यक्त गरेका थिए ।






Shares

Be the first to comment on "मेलुङ गाउँपालिकामा दुई दिने “आलु महोत्सव २०७६” सुरु"

Leave a comment

Your email address will not be published.


*