दोलखाको कालिन्चोक गाउँपालिकामा विकास शिविर

चरिकोट –दोलखाको कालिन्चोक गाउँपालिकाले चालु आर्थिक वर्षका सबै योजना फागुन भित्र सक्ने भएको छ । “समृद्ध कालिन्चोक विकासको आधार ” भन्ने मुल नाराका साथ समयमा नै योजना सम्पन्न गर्ने उद्धेश्यका गाउँपालिकाले आइतबारबाट वडामा नै गएर “ विकास शिविर” मार्फत सबै योजनाको सम्झौता गर्न सुरु गरेको हो । पहिलो दिन २५ वटा सम्झौता भएको छ । शिविरको प्रदेश ३ का सांसद पशुपति चौलागाईले उद्धघाटन गर्दै संघियतापछि मुलुकको विकास स्थानीय स्तरमा गएकोले यो अभियानले गाउँपालिकाको विकासमा सहयोग पुग्ने विस्वास व्यक्त गरे । स्थानीय सरकारहरु नयाँ अभ्यासमा रहेकाले समृद्धीको आधार निर्माण गर्न लागेको उनले वताए ।
फागुन भित्र पालिका भित्रको सवै योजना सकेर भुक्तानी उदेश्यका पालिकाको ९ वडा बाट योजना सम्झौता सुरु गरेको हो । वडा कार्यालयमा नै गएर पालिकाकाले यो आर्थिक बर्ष भित्र गरिने योजनाको सम्झौता गरिएको हो । पालिकाले भदौमा योजना सुरु गर्ने ,पुसमा योजना सक्ने ,माघमा योजना अनुगमन गर्ने र फागुनमा भुक्तानी सक्ने उदेश्यका सवै वडामा शिविर संन्चालन गरिएको गाउँपालिकाका प्रमुख विन कुमार थामीले बताए । आइतबारबाट सुरु भएको शिविर कात्तिकसम्म चल्ने गाउँपालिकाका प्रमुख थामीले जानकारी दिए । शिविर संन्चालनले गाउँपालिकाको कार्यालयमा नै गएर सम्झौता गर्नु पर्ने समस्या हटेको उपभोक्ता समितिका पदाधिकारी बताउँछन । वडा नम्बर ९ मा रहेको “बुढाभिमसेन जात्रा” समितिका सचिब तीर्थ थामीले वडामा नै आएर गाउँपालिकले सवै सेवा ल्याएर सम्झौता गर्दा समयको बचत भएको बताए । वडामा नै पालिकाले योजना सम्झौता हुदाँ पालिकामा जाँदा लाग्ने समयको बचत हुनुका साथै तल्लो स्तरमा सेवा पाएको वडा नम्बर ९ मा ढाका उद्योग संन्चालन गर्दै आएकी ढाका उद्योगकी संन्चालक गोमा थामीले बताइन । पालिकाले बर्ष भर गर्ने योजनालाई विभिन्न शिर्षकका छुट्याएर फागुन भित्र नै योजना सक्ने लक्ष्य राखेको गाउँपालिकाका उपप्रमुख कालिका पाठकले बताइन । भौतिक विकासलाई छिटै सक्न यस शिविर सहयोग पुग्ने गाउँपालिकाका ईन्जिनियर नारायण शिबाकोटीले बताए । फागुनमा योजना सक्ने लक्ष्यले असारे विकासलाई रोक्ने पनि ईन्जिनियर शिबाकोटीले बताए । सामूहिक योजना सम्झौताको कार्यक्रमलाई गाउँपालिकाले विकास शिविर भन्ने नामाकरण गरेको छ । शिविरमा स्वास्थ्य जाँच, अपाङ्गता परिचय पत्र वितरण लगायतका काम समेत राखेको छ । कार्यक्रममा नेकपा दोलखाका सचिब गोपाल पाण्डे ,नेपाली कांगे्रसका बाबुलाल थामी ,कार्यकारी अधिकृत माधव घिमिरे ,वडा नम्बर ९ का अध्यक्ष राम प्रसाद मैनालीले मन्तव्य ब्यक्त गरेका थिए ।



Shares

Be the first to comment on "दोलखाको कालिन्चोक गाउँपालिकामा विकास शिविर"

Leave a comment

Your email address will not be published.


*