ईस्वर विक
चरिकोट –दोलखामा रहेको टुकीसंघले ४२ औँ टुकी दिवस तथा १९ औ साधारणसभा आज सम्पन्न गरेको छ । टुकी अवधारणाका प्रवर्तक डा. कृष्ण कुमार पाँडेले किसानहरुलाई प्राङ्गारिक मल प्रयोगमा जोड दिन आग्रह गरेका छन् । चरिकोटमा आयोजित ४२ औँ टुकी दिवस तथा ग्रामिण विकास टुकी संघ दोलखाको १९ औँ साधारण सभामा बोल्दै पाँडेले पछिल्लो समयमा कृषि क्षेत्रमा रासायनिक मल बढी प्रयोग हुदैँ गएकोमा चिन्ता व्यक्त गर्दै किसानलाई यस्तो आग्रह गरेका हुन् । उनले रासायनिक मल कृषि क्षेत्रमा बढी प्रयोग भएकाले वातावरणका साथै मानविय जीवनमा समेत निकै असर गरिरहेकाले किसानले अब प्राङ्गारिक मलमा जोड दिनुपर्ने बताए । उनले विदेशमा गएर अरुको भँेडा चराउनु भन्दा आफ्नै आफ्नै गाउँठाउँमा बाख्रा चराई मन्ग्य आम्दानी गर्न युवाहरुलाई अनुरोध गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका डबल पाण्डेले ग्रामिण जीवन स्तर सुधार कार्यलाई निरन्तरता दिन अनुरोध गरे । उनले सिर्जनात्मक, रचनात्मक सामाजिक कार्यहरु निरन्तर गरी जनताको मन जीत्न अझै लागि पर्नु पर्ने बताए । ग्रामिण विकास टुकी संघले आयोजना गरेको ४२ औँ टुकी दिवस तथा संघको १९ साधारण सभामा संघका कोषाध्यक्ष बद्री कटुवालले आर्थिक प्रतिवेदन जानकारी दिएका थिए । संघले गत आर्थिक वर्ष सुआहारा, खानेपानी, सरसफाई तथा स्वच्छता एवं विपद जोखिम न्यूनिकरण कार्य गरिएको छ । त्यसैगरी विद्यालय भवन निर्माण परियोजना, टुकी माटो परिक्षण लगायतका कार्य गरिएको जानकारी सहित २०७५÷०७६को प्रगति प्रतिवेदन संघका महासचिव मकरध्वज प्राखिनले प्रस्तुत गरेका थिए । संघले गत वर्ष १ करोड १ लाख ८० हजार २ सय १२ रुपैँया आम्दानी गरेकोमा १ करोड ६ लाख ७८ हजार ९ सय ५८ रुपैँया खर्च गरेको थियो । अपुग भएको रकम मौज्दात कोषमा रहेको रकमबाट खर्च गरिएको संघका लेखा प्रमुख मुकुन्द दाहालले बताए । कार्यक्रममा संघका पुर्व अध्यक्षहरु बेली बहादुर कार्की, बालनन्द शिवाकोटी, जय प्रसाद दाहाल, हर्कमान प्राखिन, वर्तमान अध्यक्ष रोचकुमारी चौलागाईँ, उपाध्यक्ष रिने शेर्पा र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
Be the first to comment on "टुकी संघले मनायो ४२ औँ टुकी दिवस"