ईश्वर बिश्वकर्मा
चरिकोट भदौ २५
समाज रुपान्तरणका लागी भीमेश्वर नगरपालिका ४ जिलुका शिक्षक तथा लघुकथाकार रामजी चौलागाईँ‘भावुक’ले लघुकथा संग्रह मन्त्रीको जुत्ता बजारमा ल्याएका छन्
राजनिति, सामाजिक, मनोबैज्ञानिक लगायतका समाजका सबै पक्षलाई समेटि प्रकाशनमा ल्याइएको लघुकथा संग्रह मन्त्रीको जुत्ता एक यर्थात् लघु कथा संग्रह हो ।
समाजमा हुने ढिला सुस्ती, स्वार्थीपना, छलकपट, भष्टचार, राजनितिक सामाजिक, आर्थिक विकृतिमाथी मन्त्रीको जुत्ताले प्रहार गरी सुधारका लागी आह्वान गरेको चौलागाईँले बताए ।
चौलागाईँले भने “यो पहिलो लघुकथा संग्रह समाज रुपान्तरणका लागी बजारमा ल्याइएको हो । मलाई विश्वास लागेको छ ताकि यो पुस्तक पढ्ने पाठकहरुले पुस्तकमा भएको सन्देश सबैलाई पु¥याउने छन् ।” पुस्तक बजारमा ल्याउनुमात्रैै औचित्य रहदैन् पुस्तकले बजारमा पार्ने सहि प्रभाव, समाजमा फैलाउने सन्देश महत्वपुर्ण हुनुपर्ने बताए ।
मन्त्रीको जुत्ताले समाजका बिकृतिलाई ब्यङ्य गरेकोले मनोरञ्जनका साथै सकरात्मक मार्गदर्शन दिने उनले दाबी गरे । मन्त्रीको जुत्ताले नेपालका नेताहरुलाई अब्राहम लिंकन, बिपी कोइराला जस्तै असल नेता बन्नका लागी प्ररेणा दिने उनले बताए ।
लघुकथा संग्रहमा बैँशालु ठिटी, पुरानो नोट, नियम पालन नगर्दा, मिसको बिदाइ लगायत ६२ वटा लघुकथाहरु रहेको चोलागाईँले बताए ।
माता निरमाया चौलागाईँ र पिता रामप्रसाद चौलागाईँका छोरा रामजी सानै देखि कविता राख्दथे । उनले विभिन्न पत्रपत्रिका लगायतमा आफ्ना रचना प्रकाशित गराएका छन् । शिक्षण पेशामा पनि संलग्न चौलागाईँ समाजका सत्य घटनालाई नजिकबाट नियाल्दै कलम चलाउछन् ।
उनले मन्त्रीको जुत्ता लघुकथा सङ्ग्रहले समाजमा सुसन्देश प्रदान गर्ने भएकाले एकपटक अध्ययन्का लागी आग्रह गरेका छन् । उनले साहित्यीक पुस्तक पढ्ने बानी बसाल्न सबैलाई आह्वान गरे ।
Be the first to comment on "समाज रुपान्तरणका लागी मन्त्रीको जुत्ता बजारमा"