चरिकोट –“राष्ट्रिय शिक्षा पुरस्कार २०७६” बाट हनुमन्तेश्वर मावि दोलखाका प्रधानाध्यापक गोपालध्वज श्रेष्ठ सम्मानित हुने भएका छन । ४० औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा उनी सम्मानित हुने भएका हुन । श्रेष्ठ वैतेश्वर गाउँपालिका रहेको हनुमन्तेश्वर माविको प्रधानाध्यापक हुन । हनुमन्तेश्वर मावि दोलखाको सामुदायिक विद्यालयमा उत्कृष्ट मावि हो । बर्षेनी यस विद्यालयले उत्कृष्ट हुँदै विभिन्न पुरुस्कार जित्दै आएको छ । सरकारले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा मुलुकभरका १०१ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गर्ने भएको छ ।
शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने र प्रशंसापत्र पाउने १ सय १ जना शिक्षक , प्राध्यापक हरु मध्ये देशका ७७ वटै जिल्लाबाट सामुदायिक विद्यालयमा पढाउने एक एक जना शिक्षकलाई सरकारले शिक्षा दिवस पदक तथा प्रमाणपत्र दिने भएको छ । यस्तै विश्वविद्यालय तर्फ ११ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने भएका छन् भने प्राविधिक शिक्षालय तर्फ ७ जनाले शिक्षा दिवस पदक तथा प्रमाणपत्र पाउने छन् ।
Be the first to comment on "राष्ट्रिय शिक्षा पुरस्कार २०७६बाट श्रेष्ठ सम्मानित हुने"