नेपाली कांगे्रस दोलखाले पायो पुर्णता

चरिकोट –नेपाली कांगे्रस दोलखाले पुर्णता पाएको छ । आज बसेको जिल्ला कार्यसमितिको बैठकले कांग्रेसको साबिकको विधान अनुसार सोमबार बसेको पुर्ण बैठकले रिक्त पदमा पदाधिकारीहरु नियुक्त सिफारिसको अनुमोदन गरेको हो । यस अघि कार्य सम्पादन समितिको बैठकमा कांग्रेस दोलखाका जिल्ला सभापति रुद्र बहादुर खड्काले सिफारिस गरेका ३ जना नेतालाई सोमबार बसेको पुर्ण बैठकले अनुमोदन गरेको छ । सभापति खड्काको सिफारिस अनुसार उपसभापति पदमा निर्बा्चित जिल्ला सदस्य छबिलाल तामाङ् र सचिब पदमा अर्का निर्बा्चित जिल्ला सदस्य सुर्य बहादुर आचार्य(बालकृष्ण) मनोनित भएका छन् । मनोनित भएका उपसभापति तामाङ दोलखा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र सचिब आचार्य क्षेत्र नम्बर २ बाट जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्ने नेताहरु हुन् । बैठकले अर्का युवा नेता रन्जित कुमार पाठक(सन्तोष) लाई दोलखा कांग्रेसको प्रवक्ता पदमा मनोनित गरेको छ । बैठकले अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्ने कालिञ्चोक गाउँपालिका १ का मकरध्वज पाख्रीन र शैलुङ गाउँपालिकाका नेत्र बहादुर लामालाई जिल्ला कार्यसमिति सदस्य पदमा मनोनित गरेको छ । पदाधिकारी र मनोनित सदस्यहरु गरि ४५ सदस्सीय जिल्ला कार्यसमिति बनेको सचिब सन्तोष रिमालले जानकारी दिए ।

Shares

Be the first to comment on "नेपाली कांगे्रस दोलखाले पायो पुर्णता"

Leave a comment

Your email address will not be published.


*