चरिकोट –दोलखाको मेलुङ गाउँपालिका वडा नंम्बर ३ मा रहेको लक्ष्मी माविले सुविधा युक्त २ वटा भवन पाएको छ । करिव ६ करोड ५० लागतमा निर्माण सम्पन्न भएको आधुनिक सुविधायुक्त भवन आइतबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । २७ वटा कोठा रहेको निर्माण सम्पन्न भएका भवनको साँचो जिल्ला आयोजना कार्यन्वयन इकाई( शिक्षा) दोलखाका प्रमुख देबकुमार बरालले प्रदेश ३ नम्बरका सांसद विशाल खडका मार्फत विद्यालयलाई हस्तान्तरण गरेका छन । विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद खडकाले विद्यालयले आधुनिक सुविधा सम्पन्न भवन पाएकोले अव विद्यालयले गुणस्तर सुधार गर्न ध्यान दिनु पर्नेमा सुझाव दिए । उनले पालिकाकाको विकासका आफू सधै तत्पर रहेको बताए । आफु मेलुङ गाउँपालिकाको विकास सारथी बन्ने सांसद खडकाले प्रतिबद्धता जनाए । उनले अर्को फरक प्रसंङमा निर्वाचनमा आफुले प्रतिवद्धता अनुसार निर्वाचन क्षेत्र अन्र्तगत सितली मेलुङ सडकको लागि ४ करोड बजेट आफुले विनियोजन गरेको बताए ।
सो गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले पालिका योजनाबद्ध तरिकाले शिक्षा विकासमा लागेको बताए । उनले पालिकाले शैक्षिक सुधार अभियानमा लागेको र सुधार अभियानलाई कडाईका साथ लगिने बताए । नेकपाका नेता शिव प्रसाद भण्डारीले गाउँ फर्क अभियान थाल्नु पर्ने बताए । तीन वटा सरकार मिलेर शैक्षिक सुधार विकल्प गर्नु नभएकोले पालिकालाई शैक्षिक सुधारको अभियान लैजान सुझाव दिए । त्यसैगरी विद्यालयका व्यवस्थापनका अध्यक्ष तथा सो वडाका अध्यक्ष हिरा थोकरले विद्यालयलाई सुधारको अभियान थाल्न निर्देशन दिए । मेलुङ गाउँपालिकाका शिक्षा विभागका संयोजक समेत रहेको अध्यक्ष थोकरले पालिकाको शिक्षा सुधार गर्न कडाईका साथ अभियान थालनी गर्ने बताए । अव शिक्षकले गुणस्तर कायम गर्न ध्यान दिनु पर्ने बताए । कार्यक्रममा एक नम्बरका वडा अध्यक्ष ईस्वर कोइराला , नेकपाका मेलुङका ईन्र्चाज रबिन्द्र कार्की , शिक्षक केसव कार्की लगायतले मन्तत्व राखेका थिए । विद्यालय एसियाली बैकको ८५ प्रतिशत ऋण अनुदान तथा नेपाल सरकारको १५ प्रतिशत सहयोगमा बनेको हो ।
हजुर आमाको नाम ल्यावलाई सहयोग
जिल्ला समन्वय समिती दोलखाका सदस्य विदुर शर्माले आफ्नो हजुरआमाको नाम विद्यालयलाई विज्ञानको प्रयोगशाला बनाउन एकलाख पाँच हजार सहयोग गरेका छन । सो विद्यालयका अध्ययन गरेका शर्माले आफु अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा गौरव महसुस भएको बताए ।
Be the first to comment on "लक्ष्मी माविले पायो सुविधा युक्त भवन"