चरिकोट–दोलखाका ३ वटा सहकारीले एसियास्तरको गुणस्तर मापनमा ब्राण्ड प्राप्त गरेका छन । एक्सेसको रजत ब्राण्ड प्राप्त गर्नेमा दोलखाका जनसचेतन साकोस काब्रे र मिलीजुली साकोस चरिकोट रहेका छन् । दुवै संस्थाले अघिल्लो वर्ष पनि रजत ब्राण्ड प्राप्त गरेका थिए । अघिल्लो वर्ष कास्य ब्राण्ड प्राप्त गरेको हाम्रो जनकल्याण साकोसले यस वर्ष पनि त्यसलाई निरन्तरता पाएको छ । नेपालका २४ सहकारीले अन्तर्रा्ष्ट्रिय ब्राण्ड प्राप्त गरेका छन् । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) र एसियाली ऋण महासंघको प्राविधिक सहयोगमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको एसियास्तरको गुणस्तर मापन कार्यक्रम अन्र्तगत यस वर्ष यि संस्थाले ब्राण्ड प्राप्त गरेका हुन् । ब्राण्ड प्राप्त गर्न सफल संस्थाहरु मध्ये ८ वटाले रजत (सिल्भर) र १६ वटाले कास्य (ब्रोन्ज) प्राप्त गरेका छन् । रजत ब्राण्ड प्राप्त गर्ने सहकारीहरुमा काभ्रेपलाञ्चोकका विन्धाबासिनी साकोस र सामुदायिक साकोस रहेका छन् । धादिङको जनकल्याण साकोस, रुपन्देहीको जनउत्थान साकोस, सुनसरीको किसान कल्याण साकोस र मोरङको मनकामना साकोस रहेका छन् । गत वर्ष ४ वटा संस्थाले सिल्भर ब्राण्ड प्राप्त गरेकोमा यस वर्ष दोब्बर भएका छन् । गत वर्ष नेपालका २० वटा संस्थाले एक्सेस ब्राण्ड पाएका थिए । नेपालका ब्रोन्ज ब्राण्ड प्राप्त गर्ने अन्य सहकारीहरुमा काभ्रेपलाञ्चोकका बुडोल सामुदायिक र चण्डेश्वरी साकोस, मोरङे दाम्राभिटा र इटहरा साकोसले पनि छन् । नवलपरासीका ग्रामीण, ग्रडाकोट स्वाभिमान, किसान, परोपकार र विकु साकोसले उक्त ब्राण्ड प्राप्त गरेका छन् । त्यसैगरी भक्तपुरको श्री बराही, सिद्धिगणेश र उपकार साकोस छन् । सुनसरीको महिला साकोस, रुपन्देहीको कोलिय देवदह र बर्दियाको सिको साकोसले पनि ब्रोन्ज ब्राण्ड प्राप्त गरेका छन् ।
दोलखाका ३ वटा सहकारीले पाए ब्राण्ड
TOPICS:अर्थ/बजार
Posted By: दीक्षण दैनिक २० भाद्र २०७६, शुक्रबार १४:१८
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखाका ३ वटा सहकारीले पाए ब्राण्ड"