ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ १२
दोलखालाई बिहीबार एक औपचारिक समारोहबीच खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । देशभरकै ६७ औँ जिल्लाका रुपमा दोलखालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
सदरमुकाम चरिकोटबाट निकालिएको सांस्कृतिक ¥यालीसहित सरोकारवाला तथा सर्वसाधारणको उपस्थितिमा सिमपानी हलमा खानेपानी मन्त्री बिना मगरले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिन् ।मगर जिल्ला सरसफाई तथा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेलाई प्रमाणपत्र प्रदान गरिन् ।
खुल्ला दिसामुक्त घोषणा गर्दै मगरले दोलखाबाट नै सरसफाइको अभियान सुरु भएकाले देशलाई नै पुर्ण सरसफाइ युक्त बनाउने बताइन् ।
उनले नेपाललाई दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त घोषणा गर्न देशलाई आगामी असोज महिनामा खुल्ला दिसा मुक्त राष्ट्र घोषणाका लागी तयारी भएको बताइन् ।
खुल्ला दिसामुक्त राष्ट्रका निम्ती सामाजिक सचेतनासगँै सरसफाइको शिक्षा आम जनता समक्ष पु¥यानुपर्ने उनले बताइन् ।
दोलखा जिल्लालाई आम जनताले नेतृत्व गरेकाले खुल्ला दिसामुक्त जिल्ला बनाउन सम्भव भएको मगरले बताइन् ।
दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीले शौचालय प्रयोग गर्ने हुनाले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको जिल्ला समन्वय समिति दोलखाका डबल पाण्डेले बताए ।
दोलखामा विसं २०६८ सालदेखि खुल्ला दिसामुक्त जिल्ला घोषणाका लागि अभियान सञ्चालन गरिएको भएतापनि २०७२ मा विनाशकारी भुकम्प आएकाले सम्भव भएको थिएन ।
स्थायी आवास सगैँ सबैको घरमा चर्पी बनिसकेको र प्रयोगमा आएकाले खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको उनले बताए ।
उनले खानेपानी तथा सरसफाइको स्तरोन्नति गरी दोलखालाई सन् २०२५ सम्ममा सफा र स्वच्छ र २०३० सम्ममा पुर्ण सरसफाइ उन्मुख क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
भीमेश्वर नगरपालिकामा ८ हजार ६ सय ३९ घरधुरी, जिरी नगरपालिकामा ३ हजार ८५४ घरधुरी, तामाकोसी गाउँपालिकामा ४ हजार ३ सय ४५ घरधुरीमा शौचालय बनेको उनले बताए ।
त्यसैगरी शैलुङमा ४ हजार ९ सय ५८, मेलुङ गापामा ११ हजार १ सय ९५, कालिञ्चोक गापामा ५ हजार ४ सय ५७ घरधुरीमा शौचालय बनेको छ ।
त्यसैगरी गौरीशंकर गापामा ४ हजार ६७, बिगु गापा ४ हजार ४ सय १८, बैतेश्वर गापामा ५ हजार ७९ घरधुरीले शौचालय प्रयोग गरेको पाण्डेले बताए ।
समारोहमा प्रतिनिधी सभाका सांसद पार्वत गुरुङ, पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल, पुर्व राज्य
मन्त्री देवी खड्का, प्रदेश सदस्य पशुपति चौलागाईँ, भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खुल्ला दिसामुक्त जिल्ला दोलखावासीको शान, दोलखालाई पूर्ण सरसफाइयुक्त बनाउने हाम्रो अभियानका साथ आयोजित समारोह जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति दोलखाले आयोजना गरेको हो ।
Be the first to comment on "दोलखा खुल्ला दिसा मुक्त हुने ६७ औँे जिल्ला"