दोलखामा सरकारी भवन पुननिर्माण सत प्रतिशत सम्पन्न

ईश्वर बिश्वकर्मा
चरिकोट,–दोलखामा भुकम्पले पुर्ण तथा आशिंक रुपमा क्षति पु¥याएका सरकारी र सामुदायिक भवन पुननिर्माण सतप्रतिशत सम्पन्न भएको छ । भुकम्पबाट क्षति पुगेका ५० सरकारी र १ सामुदायिक भवन पुननिर्माण सम्पन्न भएको हो । जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई भवन दोलखाका अनुसार जिल्ला प्रशासन, महिला भवन मर्मत तथा प्रवलीकरण गरिएको छ । त्यसैगरी वन, पशुसेवा, शिक्षा, खानेपानी, सिँचाई, सडक, कोष तथा लेखा नियन्त्रण, बोच फलफुल, सहकारी कार्यालय गरी १२ सरकारी भवन मर्मत तथा प्रबलीकरण गरिएको जिल्ला स्तरीय आयोजना कार्यान्वयन इकाई भवन दोलखाका निमित्त प्रमुख अर्जुन तमाङले बताए । उनका अनुसार ३३ वटा अन्तरिम भवन (प्रिफ्याब) सम्पन्न गरिएको छ । जसमध्ये चरिकोटमा ३१ वटा र बोचमा २ वटा अन्तरिम भवन निर्माण सम्पन्न भएको तमाङले बताए ।  सामुदायिक आवास भवन ६ वटा सम्पन्न भएको छ । ४ वटा १२ परिवार क्षमता भएका (प्रिफ्याब) सामुदायिक भवनहरुसँगै १ सामुदायिक भवन निर्माण सम्पन्न भएको उनले बताए । १२ परिवार क्षमताको भवन नेपाली सेनाबाट जिरीमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।  ५ वटा भवन नयाँ निर्माण तथा स्तोरोन्नती गरिएको छ । जसमा जिल्ला प्रशासन, एनेक्स, डिभिजन वन, सिँचाई, जल उत्पन्न, पहाडीबाली अनुसन्धान केन्द्रको कार्यालयको तल्ला थप स्तरउन्नती गरिएको तमाङले बताए । सो सरकारी र सामुदायिक भवन नेपाल सरकार र एडिबीको आर्थिक सहयोगमा पुननिर्माण भएको हो ।

Shares

Be the first to comment on "दोलखामा सरकारी भवन पुननिर्माण सत प्रतिशत सम्पन्न"

Leave a comment

Your email address will not be published.


*