बाल मैत्री नगर घोषणाका लागी १५ भन्दा बढी सुचक पुरा

dav

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन २४
दोलखाको भीमेश्वर नगरपालिकालाई बालमैत्री नगर घोषणाका लागी १५ भन्दा बढी सूचक हरु पुरा भएका छन् ।
बालमैत्री स्थानिय शासन ऐन २०६८ ले निर्धारण गरेका ३९ सुचकहरु मध्ये भीमेश्वर नगरले १५ सुचक पुर्ण रुपमा पुरा गरेको हो ।
नगरले विभिन्न वडामा ३५ जना सर्भेक्षण टोली खटाई सुचकहरु बारे तथ्याङक संकलन गरेको भीमेश्वर नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर खड्काले बताए ।
खड्काका अनुसार बाल बचाउका १० र बाल संरक्षणका ५ सुचक पुर्ण रुपमा पुरा गरेको नगरले तथ्याङ्क बनाएको छ । त्यसका साथै बालविकास र बाल सहभागिताका सुचकहरु पुर्ण रुपमा पुरा नभएको उनले बताए । बालविकासका ६ र बालसहभागिताका ६ सुचक गरि अब १२ सुचक पुरा गर्न विभिन्न कार्यहरु भइरहेको उनको भनाइ छ ।
नगरलाई बालमैत्री घोषणाका लागि वैशाख २५ गते बालमैत्री स्थानीय शासन नगर समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकले भाद्र २९ गते बाल दिवसको अवसरमा बालमैत्री नगरको घोषणाका लागी कार्ययोजना पारित गरेको थियो । बालमैत्री स्थानीय नगर समन्वय समितिका अध्यक्ष एवम् नगर प्रमुख भरत केसीको अध्यक्षतामा कार्ययोजना पारित गरेको थियो ।
सो कार्ययोजना अनुरुप सुचक सर्भेक्षण, विभिन्न संघसंस्थासँग सहकार्य, समन्वय र बालक्लब गठन लगायतका कार्यक्रम गरिएको खड्काले बताए । साथै नगरले असार १० गते सम्पन्न नगर सभाबाट नगरलाई बालमैत्री घोषणा गर्न निर्णय गरेको थियो ।
बालमैत्री स्थानिय शासन ३९ सुचक पुरा गरी १६ वटा तहगत खुड्किला पार गर्ने क्षेत्रलाई बालमैत्री घोषणा गर्ने नीतिलाई ध्यानमा राखी नगरलाई बालमैत्री नगर घोषणाका तयारी तिब्र रुपमा गरिएको उनले बताए ।
बालमैत्री नगरका लागि घरपरिवार, विद्यालय, बालबालिका सँग सम्बन्धित गैरसरकारी संघसंस्था र नगरपालिका कार्यालयको शाखाहरुसँग सहकार्य , समन्वय गरि विभिन्न कार्यक्रमहरु गरिरहेको उनले बताए ।
साथै बालबालिकाको क्षेत्रमा कुल पुँजीगत बजेटको १५ प्रतिशत बजेट नगरले विनियोजन गरेको छ । ३९ सुचकहरु पुरा गर्ने प्रक्रिया, नगर स्तरीय बाल अधिकार संरक्षण तथा प्रवद्र्धन समिति गठन भई त्रियाशिल लगायतका बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यहरु नगरले गरेको छ । बालमैत्री नगर घोषणका लागी नगरवासी उत्साहित भई तथ्याङ्क संकलनका लागी सहयोग गरिरहेको उनले बताए ।
बालबालिकाको क्षेत्रमा लगानी गर्दा बालबालिका आमाको गर्भमा हुदाँ र जन्मेपछि शारिरीक, मानसिक र बौद्धिक रुपमा विकास हुने गर्छ । सामाजिक पुँजीको निर्माण र देशको विकास गर्न बालमैत्री नगर घोषणा गर्न लागिएको उनले बताए ।
बालमैत्री स्थानीय शासन ऐनले समेटेका सुचकहरु पुरा गर्न शिक्षा, स्वास्थ्य तथा स्थानीय तहरुको महत्वपुर्ण भुमिका हुन्छ । जसमा सेवागत रुपमा २७ र संस्था गत रुपमा १२ सुचक गरी ३९ सुचक पर्दछ । यी सुचकहरु पुर्ण रुपमा पुरा भएको खण्डमा मात्र नगरलाई बालमैत्री नगर घोषणा गरिने उनले बताए । बालमैत्री नगर घोषणाका लागी नगर वासी सबैले सहयोग गर्न उनले आग्रह गरे ।

Shares

Be the first to comment on "बाल मैत्री नगर घोषणाका लागी १५ भन्दा बढी सुचक पुरा"

Leave a comment

Your email address will not be published.


*