एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि२० वरियतामा ठूलो छलाङ मारेका छन् । नयाँ वरियाता अनुसार अलराउन्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । यो हालसम्मकै उच्च उपलब्धि समेत हो । यसअघि पारस ३९ औं स्थानमा थिए । पारसले एकै पटक १४ स्थान फड्को मारेका हुन् ।पारसले अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, भारतका हार्दिक पान्ड्या र वेस्ट इन्डिजका आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् ।त्यस्तै पारसले ब्याटिङतर्फ पनि ठूलो फड्को मारेका छन् । नयाँ वरियता अनुसार पारस ब्याटिङमा ६६ औं स्थामा उक्लिएका छन् । पारस यस अघि ९३ औं स्थानमा थिए । पारसले एकै पटक २७ स्थान फड्को मारेका हुन् । पारसले ब्याटिङमा भारतीय विकेटकीपर महेन्द्रसिंह धोनी, वेस्ट इन्डिजका क्रिस गेल र भारतका ऋषभ पन्तलाई पछि पारेका छन् ।अलराउण्डर तर्फ सोमपाल कामी भने खस्किएका छन् । सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् । बलिङतर्फ वसन्त रेग्मि र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् । यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए ।
Be the first to comment on "धोनी र रसेलभन्दा पारस अगाडि!"