भीमेश्वर नगरपालिकाद्धारा साँढे तीन करोड बराबरको राजस्व संकलन

ईश्वर बिश्वकर्मा
चरिकोट,

दोलखाको भीमेश्वर नगरपालिकाले १ वर्षको अवधीमा साँढे ३ करोड बराबरको आन्तरिक राजस्व संकलन गरेको छ । नगरले गत आर्थिक वर्ष २०७५÷७६ मा ३ करोड ४ लाख ३८ हजार ८ सय ५८ रुपैँया राजस्व संकलन गरेको हो । नगरले २ करोडको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो, भने लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सपmल भएको छ । एकिकृत सम्पती कर, विज्ञापन कर, घर बाहल घर, नक्सा पास, परिक्षा दस्तुर, सिफारिस दस्तुर,सरकारी सम्पती बाहाल कर, व्यावसाय रजिष्ट्रेशन दस्तुर शिर्षकमा नगरले राजस्व संकलन गरेको हो ।  नाता प्रमाणित कर, घटना दर्ता, प्रशासनिक शुल्क लगायत १६ शिर्षकबाट सो राजस्व संकलन गरिएको भीमेश्वर नगरपालिकाका सुचना अधिकारी जगदिश अर्याललले बताए । नगरले १६ शीर्षकमा राजस्व संकलन गरेको हो । उनका अनुसार एकिकृत सम्पती करबाट ४१ लाख ३४ हजार ९ सय ८८ रुपैया, व्यवसाय घर बाहल करबाट २२ लाख ७० हजार ४ सय ३२, विज्ञापन कर ७ हजार, व्यवसाय रजिष्टशन शीर्षकमा १ लाख ८२ हजार राजस्व संकलन गरेको छ ।  त्यसैगरी सरकारी सम्पती बाहलबाट १ लाख ३८ हजार, अन्य बाँडफाँड शिर्षकमा ३५ हजार २ सय, अन्य सेवा शुल्क बिक्रीबाट ४ लाख ९१ हजार ५ सय, शिक्षाबाट आम्दानी ३९ हजार ५ सय, परिक्षा दस्तुर २५ हजार ५ सय राजस्व संकलन गरेको नगरले जनाएको छ । नक्सा पासबाट १ लाख २६ हजार ३ सय, सिपmारिस दस्तुर ३४ लाख १२ हजार १ सय, घटना दर्ताबाट ९१ हजार ९ सय, नाता प्रमाणित दस्तुरबाट ४१ हजार २ सय, बेरुजु रकम ५० हजार संकलन गरेको नगरले जनाएको छ । नगरले चालु आर्थिक वर्षमा ५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाद्धारा साँढे तीन करोड बराबरको राजस्व संकलन"

Leave a comment

Your email address will not be published.


*