ईश्वर दाहाल
रहर बेचेर
केही थान खुसि किन्न
मुजा परेका ओठहरुमा मुस्कान भर्न
कलेटि परेका आखाँहरु सुन्दर सपना भर्न
मनभित्र
उकुसमुकुस तिम्रो सम्झना बोकेर
सहर छिरेपछि सुुःख दुःख को हिसाब बुझ्दै छु
भोक तिर्खामा पनि हासेका ती ओठहरु
जाडोमा पनि न्यानो आभाष हुने काख
पिडाले बिक्षप्त हुदा दिने आँट हौसला
कैयौंपटक सम्झन्छु
बुहारीलाई अफ्ठ्यारो हुदा
आमा ११ हजुरलाई कयौंपटक सम्झिन्छिन
नातिको छुकछुक र चक(चक मा
यस्तै यस्तै कुरामा सम्झदेै गर्दा
म मन गरुँगो पारेर सम्झन्छु
आमा
प्रेसरकुकर र राइस् कुकरमा स्वादिलो परिकार पाक्छ
तर उनलाई तिम्रो यादको स्वाद कहिल्यै पाक्दैन
नयाँ नयाँ ठाँउमा पुग्दा तिम्रो पाइलाको याद आउदैन
अफ्ठ्यारोमा सताउने यादले ,
सजिलोमा किन झस्काउदैन
म एकोहोरिनु भन्दा केही भन्न सक्दिनँ आमा
म
यसरी बाध्यताले बाधिएको छु
आमा
कुकुरले जति कराए चिच्याएपनि
घाँटिको साङ्लो फुत्काउन सक्दैन
त्यसैले जे जे भएपनि जति कराए पनि तपाईं
आफ्नो माटो, हावापानी छोडेर
यो सिमेन्ट र रड को थुप्रोमा हेलिन
आउदै नआउनु आमा
भुलेर पनि सहर नआउनु आमा !!!
Be the first to comment on "आमा सहर नआउनु"