चरिकोट –दोलखाको बैतेश्वर गाँउपालिकाका ४ वटा सडक कालोपत्रे सुरु यो आर्थिक वर्षबाट हुने भएका छन । मंगलबार प्रस्तुत गरिएको बजेटमा नाम्दु –पाँडु , बुस्ती –पुतलीकाठ , गोपिखोला– गैरीमुदी, मैनापोखरी –क्षेत्रपा सडक यो बर्षबाट कालो पत्रे हुने जनाइएको छ । गाँउपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को लागि ३९ करोड १७ लाख २१ हजार रुपँैया विनियोजन गरेको छ । मंगलबार गाउँसभामा बजेट प्रस्तुत गर्नु हुँदै गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले पूँजीगततर्फ १९ करोड ८० लाख विनियोजन गरेको जानकारी दिनुभयो । त्यसैगरी चालूतर्फ ७ करोड १० लाख तथा ससर्ततर्र्फ १२ करोड २७ लाख रकम विनियोजन गरिएको छ । वजेटले . पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको छ । पूर्वाधार तर्फ १० करोड ४५ लाख रुपैया रकम विनियोजन गरिएको उल्लेख छ । त्यसैगरी सामाजिक र सुशासन तर्फ ६ करोड १५ लाख, बिपद ब्यवस्थापन २२ लाख, आर्थिक विकास १ करोड रकम विनियोजन गरिएको छ ।
पूर्वाधारमा प्राथमिकता
सडक कालोपत्रे समेत ६ करोड रकम विनियोजन गरिएको छ । गाउँपालिका भवन निर्माण तथा वडा कार्यालय निर्माणको ४ करोड रकम विनियोजन गरिएको छ । यो बर्षबाट १,६,७,८ वडा कार्यालय बनाउने बजेटमा उल्लेख गरिएको छ । शिक्षातर्फ १ करोड ६० लाख, कृषि भेटेनरी १ करोड ३० लाख, स्वास्थ तथा बिपद ब्यबस्थापन ८१ लाख, संस्कृत र पर्यटन १ करोड ३० लाख गाउँसभामा प्रस्तुत भएको बजेटमा उल्लेख गरेको छ ।
Be the first to comment on "बैतेश्वर गाँउपालिकाका ४ वटा सडक कालोपत्रे हुने"