भीमेश्वर नगरपालिकाको ८७ करोड ६१ लाख ५१ हजारको बजेट

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०

दोलखाको भीमेश्वर नगरपालिकाले मंगलवार ८७ करोड ६१ हजार बजेट विनियोजन गरेको छ । भीमेश्वर नगरपालिकाको कार्यालयमा मंगलवार बसेको सभामा नगरकी उपप्रमुख कमला बस्नेतले आर्थिक बर्ष २०७६/0७७ बजेट प्रस्तुत गर्दै सम्पुर्ण नीति तथा कार्यक्रम कार्यान्वयनका लागि चालु तर्फ ३९ करोड ५५ लाख ७५ हजार, पूँजिगत तर्फ ४७ करोड ८५ लाख ७६ हजार र वित्त व्यवस्थापन तर्फ २० लाख गरि ८७ करोड ६१ लाख ५१ हजार बजेट विनियोजन गरिएको छ । सो मध्ये क्षेत्रगत रुपमा हेर्दा आर्थिक विकासमा २ करोड ६६ लाख ९५ हजार, पूर्वाधार विकासमा ३६ करोड १३ लाख ५४ हजार, वन, वातावरण र विपद् व्यवस्थापनमा २ करोड ३० लाख र सुशासन तथा संस्थागत विकासमा १० करोड ६३ लाख ४३ हजार बजेट विनियोजन गरिएको बजेट व्यक्तव्यमा उल्लेख गरिएको छ ।

वजेट प्रस्तुत गर्नू हुदै उपमेयर कमला बस्नेत

वजेट प्रस्तुत गर्नू हुदै उपमेयर कमला बस्नेत

भीमेश्वर नगरपालिकाले पूर्ण अशक्त अपाङ्गको पालन पोषण खर्च बढाएर आगामी आर्थिक वर्षबाट वार्षिक १२ हजार पु¥याईने बताएको छ । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ को नगरस्तरिय बजेट प्रस्तुत गर्दै पूर्ण अशक्त अपाङ्गको पालन पोषण खर्च वार्षिक १२ हजार पु¥याउने लक्ष्य बजेट राखेको छ । गत वर्ष पूर्ण अशक्त अपाङ्गको पालन पोषण खर्च ५ हजार रुपैँया रहेकोमा आगामि आर्थिकमा वर्ष १२ पु¥याउनका लागि विषेश प्राथमिकताका साथ बजेट विनियोजन गरिएको हो । साथै सुत्केरी पोषण भत्ता वार्षिक १ हजार, जेष्ठ नागरिक स्वास्थ वार्षिक १ हजार दिने समेत उल्लेख गरेको छ । बालबालबालिकालाई पोषण कार्यक्रमको निरन्तरता हुने गरी बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् । सामाजिक विकास कोषहरु स्थापना गर्न समेत बजेटको व्यवस्था मिलाइको, महिलासँग उपमेयर कार्यक्रम मार्फत लक्षित वर्गका लागि सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । जेष्ठ नागरिकलाई सम्मान गर्दै ‘एक वडा एक जेष्ठ नागरिक आरोग्य मिलन केन्द्र’ स्थापना गरी सञ्चालन ल्याइने पनि बजेट व्यक्तव्यमा उल्लेख गरिएको छ । महिला तथा बालबालिकाहरुको सुरक्षा र संरक्षणमा सहयोग पुग्ने, महिला हिंसा, जातिय विभेद र छुवाछुत तथा मानव बेचविखन विरुद्धको अभियान गरिने बताइएको छ । विपन्न महिला,एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिका लागि लघु उद्यम विकास कार्यक्रमसँग आवद्ध गर्न पनि बजेट विनियोजन गरिएको छ । बालविवाह तथा बाल श्रममुक्त नगर घोषणा, बाल क्लब गठन र सञ्चालन, एक वडा एक बाल उद्यान जस्ता बालबालिकाको हितमा बजेट विनियोजन गरिएको छ । लैङ्गिक समानता, सामाजिक समावेशिकरण तथा सामाजिक सुरक्षाका लागि आगामी आर्थिक वर्ष ८ करोड १९ लाख २० हजार बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् ।
भीमेश्वर नगरपालिकाले कृषिबाली तथा पशुपालन र सिँचाईका लागि १ करोड ९८ लाख ४५ हजार, ‘रोकौ विदेश जान, खोलौँ आफ्नै कारखाना’ नीति कार्यान्वयन गर्न भीमेश्वर नगरपालिकाले १० लाख रकम भीमेश्वर उन्नत कोषमा विनियोजन गरेको छ । उद्योग, वाणिज्य र बजार व्यवस्थापनका लागि ४२ लाख, पर्यटन क्षेत्रका लागि २ करोड ३१ लाख बजेट विनियोजन गरिएको छ । सहकारी क्षेत्रका लागि १३ लाख, ‘भीमेश्वर वासीको इच्छा, सवैका लागि आधारभूत शिक्षा’ भन्ने नारालाई सार्थकता दिन लगायतका शिक्षा सम्बन्धी कार्यका नगरले लागि २० करोड ७५ लाख ९३ हजार बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् । स्वास्थ्य क्षेत्रमा ४ करोड १५ लाख १६ हजार, हाम्रो अभिभारा, घर घरमा धारा भन्ने नाराका साथ एक घर एक धाराको अभियानका साथ आर्थिक वर्षलाई खानेपानी वर्षको रुपमा मनाउने बताइएको छ । पिउनयोग्य पानीको सहज बनाउने लगायतको नीतिलाई कार्यान्वयन गर्न खानेपानी र सरसफाइका लागि २ करोड २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
भाषा, सँस्कृति तथा ललितकलाको संरक्षण तथा प्रर्वद्धनका लागि २ करोड ३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । युवा, खेलकुद तथा मनोरञ्जनका लागि ४३ लाख, सडक पूर्वाधार विकास तर्फ ८ करोड ६५ लाख विनियोजन गरिएको छ । भवन तथा सहरी विकास तर्फ भीमेश्वर नगरपालिकाले २३ करोड ५४ लाख बजेट विनियोजन गरिएको बताइएको छ । त्यसैगरि सूचना, सञ्चार तथा विज्ञान प्रविधी क्षेत्रका लागि ३४ लाख ९३ हजार, उर्जा तथा सडक बत्तिका लागि ९० लाख बजेट विनियोजन गरिएको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड ५८ लाख ८० हजार बजेट विनियोजन गरिएको छ । त्यसैगरि सुशासन,संस्थागत विकास र सेवा प्रवाह क्षेत्रमा तलब भत्ता, कार्यालय सञ्चालनको प्रशासनिक तथा चालु खर्च सहित भीमेश्वर नगरपालिकाले १० करोड १४ लाख ८० हजार बजेट विनियोजन गरिएको उपप्रमुख बस्नेतले बताइन् । उल्लेखित सम्पुर्ण क्षेत्रगत नीति तथा कार्यक्रमा कार्यान्वयन गर्न चालु तर्फ ३९ करोड ५५ लाख ७५ हजार, पूँजिगत तर्फ ४७ करोड ८५ लाख ७६ हजार र वित्त व्यवस्थापन तर्फ २० लाख गरि जम्मा ८७ करोड ६१ लाख ५१ हजार विनियोजन गर्न प्रस्ताव गरिएको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकाको ८७ करोड ६१ लाख ५१ हजारको बजेट"

Leave a comment

Your email address will not be published.


*