पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न

चरिकोट –दोलखाको सदरमुकाम चरिकोटमा २ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।  नेपाल पत्रकार महासंघ दोलखाको संयोजन तथा नेपाल सरकार सुचना तथा प्रसारण विभाग काठमाडौको आयोजना तालिम भएको हो । तालिममा समाचार कस्तो हुनुपर्छ, समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरु, फिचर लेखन तरिका, विकास र खोजमुलक समाचार लगायतका विषयमा तालिम दिएको सुचना विभागका प्रबक्ता धुव्र कुमार पोखरेलले बताए । कार्यक्रममा बोल्दै सुचना विभागका प्रबक्ता पोखरेलले अहिले सम्म देश भर ४ स्थानमा अभिवृद्धि तालिम प्रदान गरिएको जानकारी दिए । तालिममा ३० जना दोलखाका पत्रकारको सहभागिता रहेको थियो । त्यसैगरी घुम्ती शिविर मार्फत दोलखमा कार्यरत २० जना विभिन्न संन्चार माध्यममा कार्यरत संन्चारकर्मीले विभागले जारी गर्ने परिचय पत्र लिएका छन । दोलखाका अग्रज पत्रकार चिरन्जीवि मास्केले स्वतन्त्र पत्रकारको परिचयपत्र लिएका छन । त्यसैगरी दोलखाका ३ वटा अनलाइनले विभागमा अनलाइन दर्ता गरेको जनाइएको छ ।
प्रदेश नम्बर ३ मा दोलखामा , प्रदेश नम्बर ३ मा उदयपुरमा ,प्रदेश नम्बर ४ गोर्खामा र ५ नम्बर प्रदेशमा प्युठानमा अभिवृद्धि तालिम गरिएको पोखरेलले बताए । शुक्रबारबाट सुरु भएको कार्यक्रम आइतबार समापन भएको थियो ।

Shares

Be the first to comment on "पत्रकार क्षमता अभिवृद्धि तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*