सांसद जिपछिरिङ लामाद्धारा एम्बुलेन्स र शववाहन हस्तान्तरण

ईश्वर बिश्वकर्मा
चरिकोट,२१ जेठ

प्रतिनिधी सभाका सांसद जिपछिरिङ लामाद्धारा एम्बुलेन्स तथा शववाहन हस्तान्तरण गरेका छन । सदरमुकाम चरिकोटमा आज ४ वटा एम्बुलेन्स सहित २ वटा शववाहन हस्तान्तरण गरेका हुन् । तेङिमा दाडोमा लामा स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका लामाले उक्त एम्बुलेन्स तथा शववाहन दोलखाका स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गरेका हुन । उनको बुबाआमाको सम्झनामा दोलखाको जिरी नगरपालिका १ श्यामामा स्थापना गरिएको तेङिमा दाडोमा लामा स्मृति प्रतिष्ठानद्धारा एम्बुलेन्स तथा सववाहन हस्तान्तरण गरिएको हो । दोलखाका दोलखाका स्थानिय तहहरु भिमेश्वर नगरपालिका,जिरी नगरपालिका,बैतेश्वर गाउँपालिका विगु गाउँपालिका र शैलुङ गाउँपालिकालाई एम्बुलेन्स तथा शववाहन हस्तान्तरण गरिको छ । भिमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई भने एम्बुलेन्स सहित शववाहन हस्तान्तरण गरिएको हो । यी सबै एम्बुलेन्स र सववाहन स्वंय स्थानिय गाउँपालिकाकै स्वामित्वमा सञ्चालन हुनेछन् । एम्बुलेन्स र सववाहनको इन्सुरेन्स समेत गरिएको प्रतिष्ठानको कोषाध्यक्षले जानकारी दिए । एम्बुलेन्स र सववाहन हस्तान्तरण कार्यक्रममा बोल्दै लामाले भने ूएम्बुलेन्स अभावकै कारण गाउँका मानिसले बिरामि हुँदा सास्ती खेप्नुपरेको छ । स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था छ । कतिले त अस्पातालको मुख नदेखि मृत्युको मुखमा पुग्नुपरेको छ। त्यसकारण मैँले मुठि खोलेर खुल्ला हृदयले दोलखालीलाई सहयोग गरेको हुँ । मानिसको मृत्यु भएमा शव बोक्ने साधन पनि कमि भएको अवस्थामा शववाहन पनि हस्तान्तरण गरिएको हो । यी एम्बुलेन्स र शववाहन आफ्नै व्यक्तिगत लगानीमा हस्तान्तरण गरिएको हो ।ू लामाले भने । एम्बुलेन्स र शवबाहन कुनै किसिमको चर्चा कमाउन नभई विशुद्ध सामाजिक सेवाभावले गरिएको पनि लामाले बताए ।त्यसैगरि एम्बुलेन्स र शववाहन चालकले विषेश ध्यान दिनुपर्ने कुरा पनि लामाले बताए । त्यसैगरि कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तथा एम्बुलेन्स सेवा संघका संयोजक खगेन्द्र प्रसाद रिजालले मानिसले पैसा कमाउन ठुलो कुरा हैन समाज सेवा गर्नु ठुलो कुरा भएको बताए । यस अघि गत बर्ष लामाले तामाकोशी गाउँपालिका,कालिञ्चोक गाउँपालिका,मेलुङ गाउँपालिका,जिरी नगरपालिका,विगुगाउँपालिकालाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका थिए । लामाले त्यस बेला गरेको बाचा मङगलबार पुरा गरेका हुन् । एम्बुलेन्स र शवबाहन हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष जिल्ला समन्वय समितिका उपप्रमुख मनमाया जिरेल,भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, जिरी नगरपालिकाका प्रमुख टंक जिरेल बैतेश्वर गाउँपालिकाका प्रमुख छवि लामा,गौरीशंकर गाउँपालिकाका स्वयम बहादुर खड्का,शैलुङ गाउँपालिकाका धुव्र कुमार खड्का,नेपाली काङग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "सांसद जिपछिरिङ लामाद्धारा एम्बुलेन्स र शववाहन हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*