जानुका न्यौपाने
मुटु रोग लाग्नुका कारण छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपना, अत्याधिक मदिराको सेवन, धुम्रपान, मानसिक तनाव, कोलस्ट्रोल, शारीरिक निष्कृयता लगायतका थुप्रै कारणले मुटु रोग लाग्न सक्छ । यी सामान्य विषयका बारेमा धेरैलाई जानकारी छ । यी विषय धेरै पटक चर्चामा आइसकेका छन् । कतिपयले जानकारी पाएर आफ्नो जीवन शैली परिवर्तन गरेका छन् भने कतिपयलेचाहिँ आफ्नो जीवनशैली परिवर्तन गर्न सकेका छैनन् ।
माथि उल्लेखित विषयहरु मुटु रोगका कारक तत्व हुन् । तर मुटु रोगका नदेखिने थुप्रै कारक तत्व पनि छन् । विगत केही वर्षयता स्वस्थ जस्तो देखिने व्यक्तिमा पनि ह्दयघातको समस्या देखिएका विभिन्न अनुसन्धानका निष्कर्ष छन् । ह्दयघातका विरामीहरुको परीक्षण गर्दा उनीहरुलाई केही न केही समस्या भएको देखिन्छ । तर १० प्रतिशतमा चाहिँ केही पनि समस्या देखिएको हुँदैन । उनीहरु सोझै ह्दयघातको सिकार बनेका हुन्छन् । यो उनीहरुमा भएका केही गलत बानीका कारणले गर्दा भएको हो । आजभोलि कुनै कारण बिनानै ह्दयघातको शिकार हुनेको संख्या बढिरहेको छ । अर्थात् स्वस्थ मानिसलाई पनि ह्दयघात हुनसक्छ । किनकी उसको शरीरमा नजानिँदो तरिकाले उच्च कोलस्ट्रोल जम्मा भइसकेको हुन्छ ।
देखिने मुटुरोगको बारेमा धेरैलाई जानकारी छ । तर मुटुरोगका नदेखिने कारणाहरुको बारेमा चर्चा गर्नु जरुरी भइसकेको छ । सबै कुरालाई गहिरिएर हेर्दा यहाँ केही नदेखिने तत्वहरु छन् । हामीलाई निरन्तर नराम्रा बानी र व्यवहारले रोग लागिरहेका छन् । हेर्दा सामान्य स्वस्थ मानिसमा पनि मुटु रोग देखिन सक्छ ।
के हुन् त नदेखिने कारण ?
हामी कुनै बेला दुःखी हुन्छौं कुनै बेला खुशी पनि हुन्छौं । हामीलाई संवेगात्मक विषयले पनि मुटु रोगको जोखिमतर्फ लगिरहेको हुन्छ । रिसाउँदा, कामको चाप बढ्दा मुटुमा केही न केही परिवर्तन आउँछ । तर आँखामा, कलेजोमा, मृगौलामा त्यो समस्या देखिँदैन । अरु अंगको प्रक्रिया लगभग सामान्य अवस्थामै चलिरहेको हुन्छ । सक्छ । यसलाई विशेष तरिकाले हेर्नुपर्छ । यसमा केही नसोचेका तत्वहरु
मुटुलाई चाहिँ सानो सानो कुराले पनि असर गरिरहन्छ । सोचिरहँदा मुटुको धड्कन बढ्न सक्छ । यसलाई विशेष तरिकाले हेर्नुपर्छ । यसमा केही नसोचेका तत्वहरु छन् । हामीले त्यसको बारेमा सोचेका पनि छैनौं ।
रिस, कामको तनाव, प्रतिस्पर्धाको धपेडी, चिन्ता, बेचैनी, दुःखीपन यी सबै कारणले मानिसलाई डिप्रेशनको सिकार बनाउँछ । केही सामाजिक पक्षहरु पनि छन् । जसले मुटु रोगको जोखिम बढाईरहेका छन् । अरु थुप्रै नदेखिने कारणहरु पनि छन् ।
प्रदुषण
प्रदुषणले मान्छेलाई प्रत्यक्ष असर गरिरहेको छ । बाटोमा हिँड्दा हामीले हरेक दिन प्रदुषणको शिकार भईरहेका हुन्छौं । तर हामीलाई यसबारेमा थाहा हुँदैन । धुवाँ, तरलता र सानो सानो कणको माध्यमबाट हामीले प्रदुषण खाएका छौं । प्रदुषणको कारणले मुटुमा रगत जम्ने क्षमता बढ्छ । रगतको प्रवाहमा पनि यसले असर गर्दछ । रगत प्रवाहमा कठिनाई हुन्छ । विभिन्न अनुसन्धानहरुले के देखाएको भने प्रदुषणमा परेको मान्छेलाई तत्कालै पनि वा एक दुई हप्तासम्म पनि मुटुको रोगको जोखिम हुन्छ । प्रदुषणले जुन रसायनहरु शरीरमा उत्पादन भएका छन्, तिनीहरु लामो समय सम्मका लागि पनि उत्पादन भइरहेका छन् । यो देखिने तत्व होइन ।
रिस
अब रिसको कुरा गरौं । जहाँ पनि हामीलाई रिस नउठ्न दिनै छैन । हामीलाई कुनै न कुनै मात्रामा रिस उठ्छ । तर हामीले स्वीकार गर्नसकेका छैनौं । तर मैंल पनि जुन दिनदेखि महशुस गरें, म रिसाउन छोडे । रिसाउँदा रक्तचाप बढ्छ । धड्कन पनि बढ्छ । धड्कन पनि बढ्छ । त्यसले मुटुमा असर पुर्याउँछ । लगभग सबै मान्छेको मुटुको नलिमा अलिअलि कोलस्ट्रोल जमेको हुन्छ र त्यो पातलो झिल्लीले ढाकिएको हुन्छ । झिल्ली व्यक्ति अनुसार पातलो र मोटो हुन्छ ।
बेस्सरी रिसाएको बेला त्यो झिल्ली फुट्यो भने ह्दयघात धेरैबेर लाग्दैन । झिल्ली फुट्नेबित्तिकै नलीमा भएको फोहोर मुटुका हरेक कुनामा पुग्छ । मान्छेमा विश्वास, स्वीकार्यता, हेरचाह, प्रकृतिसागको निकटता, खुशी लगायतका कुराहरुको अभावले रिस उठ्छ । ३० देखि ३५ वर्षका मान्छेहरुलाई हेर्दा २० प्रतिशत मान्छेको नलीमा केही न केही अड्किएको देखिन्छ । रिसाउँदा झिल्ली फुट्यो भने त्यो सोझै ह्दयघातको कारण बन्ने हो ।
वंशाणुगत
मान्छेमा वंशाणुगत कारणले पनि ह्दयघात हुनसक्छ । यो कुरा कमै मान्छेलाई थाहा हुन्छ । तर जुन बेला ह्दयघात हुन्छ त्यो बेला मात्रै धेरैलाई थाहा हुन्छ कि परिवारको कुनै न कुनै सदस्यलाई कुनै समयमा ह्दयघात भएको थियो । त्यसैले यस्तो जोखिमको बारेमा पनि जानकारी हुनु आवश्यक छ ।
कार्यबोझ र त्यसको तनाव
कामको तनाव पनि मुटु रोगको अदृश्य कारण हो । प्रतिस्पार्धाले गर्दा हामीलाई जतिबेला पनि तनाव दिइरहेको हुन्छ । काम गर्ने ठाउँमा काम गर्ने वातावरण छ कि छैन त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो । काम गर्ने ठाउँमा काम गर्ने वातावरण छैन भने तपाईंमा तनाव बढ्छ । मान्छे दुःखी हुनेबित्तिकै शरीरमा केही न केही नकारात्मक तत्व बढ्छ । त्यसले शरीरलाई असर गर्छ । कहिलेकाहीं अत्याधिक तनावको कारणले पनि मान्छेलाई ह्दयघात हुनसक्छ । यो कुरा मान्छेलाई पहिले थाहा हुँदैन । जुनबेला ह्दयघात हुन्छ, त्योबेला मात्रै थाहा हुन्छ ।
बढ्दो उमेर
बढ्दो उमेर पनि ह्दयघातको अर्को कारण हुनसक्छ । यो मान्छेले अनुभव गर्दैन । तर जब उमेर बढ्दै जान्छ नि मान्छे धेरै होसियार हुन आवश्यक छ । कस्तो खाने, व्यायाम गर्ने लगायतका विषयमा जानकार हुन जरुरी छ ।
शारीरिक निश्क्रियता
शारीरिक निश्क्रियता पनि ह्दयघातको अर्को कारण हो । शरीर निश्क्रिय हुँदा पनि मुटु रोगको जोखिम हुन सक्छ ।
मोटोपना
मोटोपना पनि अर्को कारक तत्व हो । तर हरेक मान्छेलाई म मोटो छैन कि भन्ने लागिरहेको हुन्छ । विएमआई २५ भन्दा बढी भयो भने त्यो गलत हो । तौल व्यवस्थित गर्नुपर्छ । दुब्लो देखिने मान्छेमा पनि मोटोपना हुनसक्छ ।
गलत संस्कार
संस्कार पनि अर्को तत्व हो । हाम्रो संस्कार कस्तो छ भने नहिँड्ने, तौल कम नगर्ने, दुब्लो नबन्ने, खराब खाना खाने लगायतका बानी छन् । यी सबै कुरा संस्कारसँग जोडिएका छन् र यीनै कारणले पनि ह्दयघात हुनसक्छ । आमा बा हिँड्यो भने छोराछोरीलाई पनि हिँड्ने बानी हुन्छ । यसरी राम्रो संस्कारको शुरुवात गर्नु पर्छ । त्यसैले सोँचमा परिवर्तन आनुपर्छ । चकलेट लिएर आफन्त भेट्न जाने संस्कार पनि अत्यन्तै गलत छ । पार्टीमा जाँदा मन लागेको सबै खान्छौं हामी । यो गलत कुरा हो । धेरै खाँदा पनि मान्छेलाई ह्दयघात हुँदो रहेछ । बोसो खाँदा पनि त्यस्तो हुँदो रहेछ । उल्लेखित कारणहरुले जनसंख्याको लगभग सबै मान्छेलाई समेट्छ । त्यसैले हामी कुनै न कुनै रुपमा मुटु रोगको जोखिममा छौं । यसको लागि मान्छेको व्यवहार र सोंचमा परिवर्तन आउनु जरुरी छ । काम गर्ने शैलीमा परिवर्तन आउनु पर्छ ।
महत्वपूर्ण कुरा रिस गर्ने बानी पनि छोड्नु पर्छ । ट्राफिक जाम्मा पर्दा रिसाउँदा होस् या बाटो विग्रीएको ठाउँमा कुर्नु पर्दा होस नरिसाउनुहोस् । यदि रिसाएमा त्यसले पनि ह्दयघात हुनसक्छ । प्रदुषणले गर्दा यसैपनि शरीरमा नकारात्मक असर पारेको हुन्छ । त्यही बेलामा अत्याधिक रिस पनि भयो भने तत्काल ह्दयघात हुनसक्ने समस्या हुन्छ । लुकेका तत्वहरु मान्छेले सोचेकै हुँदैन । यी मध्ये धेरै कुरा मान्छेलाई थाहा छ । तर देखासिकीमा लागेर मान्छेले सबै बिर्सिएको छ । तर तत्काल यी विषयमा सचेत हुनुपर्छ ।
Be the first to comment on "ह्दयघातका यी हुन् अदृश्य कारण"