जिरीमा किन रोए जनार्दन शर्मा ?

दिल सागर के.सी .

जिरी, १२ वैसाख
पूर्व मन्त्री तथा नेकपाका पोलिट्व्यूरो सदस्य जिरीमा आएर रोएका छन ्। सहिद स्मृति आवासीय मावि जिरीको ११ औं स्थापना दिवस मनाउन बुधबार आएका शर्मा दिवस मनाइ रहँदा मञ्चमै आँशु झारेका हुन् । दिवस मनाउनका लागि शर्मा प्रमुख अतिथि थिए ।

शर्मासँगै मञ्चमा बसेका कृष्णप्रसाद सापकोटा, पशुपित चौलागाई, पूर्व राज्य मन्त्री देवी खड्का, शंकर लामा, विशाल खड्का समेत रोए । कार्यक्रम भइरहँदा धेरैलाई नेताहरू किन एकै पटक रोए भन्ने जिज्ञासा सबैमा जगाएको छ । खास जिरी बुलडाँडामा रहेको सहिद आवसिय विद्यालयका विद्यार्थीहरूले देखाएको नाटकबाट उनीहरू स्तब्ध भएका हुन् । माओवादी जनयुद्धको बेला बलिदानी दिएका सहिदहरू कसरी भए । देशका लागि सहिद हुँदा उसको आश्रयमा रहेका महिला र बालबालिकाले पाएको दुःख सहित समाबेस थियो । नाटकले जनयुद्धको झझल्को दिएको थियो । यसले सबैलाई रूवाएको हो । सहिद आवासीय माविमा जनयुद्धका सहिद र घाइतेका बालबच्चाहरू अध्ययन गर्छन् । अहिले मधेश आन्दोलनका सहिद र घाइते, द्वन्द्वपिडित, बेपत्ता परिवारका बच्चाहरू अध्ययन गर्छन् । पछिल्लो समय प्राकृतिक प्रकोपमा परेका र विपन्न परिवारका बालबालिका समेतलगरी २५२ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक हिराप्रसाद दाहालले जानकारी दिए ।
भुकम्पले चर्किएको भवन पुनःनिर्माण नहुनु, विद्यालयको खर्च व्यवस्थापन कसले गर्ने भन्ने पछिल्लो समयमा अन्यौल भएको उनले बताए ।

Shares

Be the first to comment on "जिरीमा किन रोए जनार्दन शर्मा ?"

Leave a comment

Your email address will not be published.


*