भोला खतिवडा
अमेरिकाको ३५ औं राष्ट्रपति जोन एफ केनडीले एक दूरदर्शि नेता थिए । उनी केही न केही काम गर्ने सोचमा तल्लीन भैरहन्थ्ये । अमेरीकासँग कुरो नमिल्ने देशहरुले अन्तरिक्षमा विमान पठाइसकेका थिए । सायद त्यो प्रगतीले केनडीलाई झन् औडाहा छुटायो होला । सायद, उनीले त्यतीखेर चिन्ता लिएनन् बरु चिन्तन गरे । अनी उनले एक महत्वकांक्षी सोच विकास गरेछन्, आफनो नागरिकलाइ चन्द्रमामा पठाउने । आफ्नो महत्वकांक्षी सपना जसले उनीलाई रातमा निन्द्रा अनी दिउँसोमा भोक लुट्यो होला । अनी आफ्ना देशका वैज्ञानिकहरुसँग एक वैठक आयोजना गर्न लगाएछन् । राष्ट्रपतिले वैठक आयोजना गरेको भने पछि एकसेएक वैज्ञानिकहरु सहभागी नहुने कुरै भएन । विज्ञ वैज्ञानिक आए, सभामा वसे । राष्ट्रपति केनडीले विज्ञ वैज्ञानिकहरुलाई सम्मान र हौसला प्रदान गर्दै आफ्नो महत्वकांक्षी तर अत्यन्त चाहाना गरेको सोच बताए । सोच कार्यान्वयन गर्न दत्त चित्त भैं लाग्न आग्रह गरे । राष्ट्रपतिको भनाई पछि सभाहलमा सन्नाटा छाएछ । वैज्ञानिकहरु चुप बसेछन् । राष्ट्रपतिको कुरो नमानौं भने भएन तर चन्द्रमा रकेट पठाउने कुरा नैं पो सोचीएको छैन अव मान्छे नैं जाने कुरा आयो । विज्ञ वैज्ञानिकहरुलाई उकुसमुकुस भयो । चुपचाप बसे । केनडीले केही सोध्नु छ या भन्नु छ भनेर आग्रह गरे । त्यसपछि एक जना अलि वृद्ध देखिने वैज्ञानिकले उठेर भनेछन् । महामहिम हामीबाट यो काम सम्पादन हुन संभव छैन । यती भन्न नपाउँदै राष्ट्रपति कट्किय । असंभव भन्ने कुरा तपाईहरुको मुखवाट सुन्न खोजेको होइन । त्यो निर्णय तपाइहरुले गर्ने होइन । आजैवाट काम थाल्नुस साधान र स्रोत के चाहिन्छ राज्यले उपलव्ध गराउने छ । उनले थप गरेर भने निश्चीत समय भित्र हाम्रो देशको नागरिक चन्द्रमामा पाइला राख्न सक्नु पर्दछ । उनले समय नैं किटान गरिदिए । अनी भने काम थालिहाल्नुस् । संभव छ भन्ने कुरा राख्दै उत्प्रेरित गर्दै वैज्ञानिकहरुलाई विदा गरेछन् । वैज्ञानिकहरु राष्ट्रपतिको सपनालाई साकार पार्न काम थाले । नभन्दै सन् १९६९ जुलाइ ११ मा निल आमस्ट्रङ्ग चन्द्रमामा टेक्न सफल भए । भलै यो सुखद अवसर जोन एफ केनेडीले यो धर्तिमा रहेर देख्न पाएनन् । सन् १९६३ नोभेम्वर २२ मा राष्ट्रपति पदमा हुँदा कैं समयमा गोली हानी उनको हत्या भयो ।
यो प्रसंगका पात्र नाम तिथी मिति फरक हुन सक्ला तर आशयको वारेमा चर्चा गर्न खोजिएको हो । केनडीले के गरे के चाँही गरेनन् ? नेताको काम के हो ? नेताको सोचलाई कार्यान्वयन गर्ने जिम्मा कस्को हुन्छ ? नेपालमा के भैरहेको छ भन्ने वारेमा यस लेखमा चर्चा गर्ने कोशिस गरिएको छ । केनेडीले महत्वकांक्षी सपना देखे तर उनले रकेट बनाएको होइन । रकेट बनाउने कार्य विज्ञ वैज्ञानिकले नैं गरे जुन कुरा विज्ञ आफै विश्वस्त हुन सकेका थिएनन् । तर केनडीले विश्वास भरिदिए । अनी वातावरण तयार गरिदिए । सायद थप वजेट आवश्यक प¥यो होला त्यो जोहो गरिदिए । केनडीले सायदै वैज्ञानिकले रकेट वनाइरहेको कारखानाको भ्रमण गरे होलान् । न त उन्ले कुनै पेचकिला नैं ठोके । तर काम भयो । उनको अत्यन्त महत्वकांक्षी सपना पूरा भएरै छाड्यो । त्यसैले अरुले भन्दा फरक सपना देख्ने मात्र त्यो नेता हो । त्यो बेलामा केनडीलाई हावाको संज्ञा पनि दिइयो होला ।
अव नेपाल तर्फ फर्कौ । हाम्रा प्रधानमन्त्री ओलीको सपना केनडीले देखे जस्तैं सपना हो । सन्दर्भ फरक होला केनेडीको सपना चन्द्रमामा मान्छे पठाउने थियो । ओलीको सपना पानी जहाज चलाउने, घरघरमा ग्याँसको पाइप पु¥याउने अनी रेल दौडाउने । यी र यस्ता धेरै सपना छन् । ओलीले पानी जहाज चलाउने होइन, पाइप फिट गर्ने पनि होइन । त्यो काम त अमेरिकाका वैज्ञानिकहरुले गरे जस्तै नेपालका विषयतगत विज्ञहरुले गर्नु पर्ने हो । सपना देख्ने नेताले नैं हो तर त्यो सपना कार्यान्वयन गर्ने विद्धानहरु नभएको आभाष भैरहेको छ । भएका विज्ञहरु हराएका वा ओइलाएको जस्तो लागिरहेकोछ । । कि उनीहरु पनि सपना नैं देख्न थाले । प्रधानमन्त्री ओली सहि छन्, सहि सपना देखेका छन् तर त्यसको कार्यान्वयनमा लाग्ने संयन्त्र र विज्ञहरु सपनाको पछि लाग्न वा लगाउन सकेनन् । के पी ओली आफैले काम गरेर संभवै छैन । गर्ने पनि होइन । महत्वपूर्ण पक्ष भनेको कार्यान्वयनका लागि वातावरण तयार गरियो कि गरिएन भन्ने हो ।
फन्नी (हाँसो) भनेर केपी ओलीका सोचरुपी भाषणलाई भने झैं केनडीको त्यो सोच पनि उनै वैज्ञानिक जस्ले चन्द्रमामा पुग्ने रकेट वनाए उनीहरुले नैं फन्नी भनेका थिए होलान् । अहिले पानी जहाजको सन्दर्भमा कागजको वनाएर ओलीलाई हासोको पात्र वनाए झैं केनडीलाई त्यो बेलामा उडाए होलान् । तर पनि केनडीको सपना साकार भयो । किनकी त्यो काममा ओहोरात्र खटिने मान्छे थिए । नेपालमा त्यो मात्रै अभाव छ । अहिलेका केही मन्त्री वाहेक अरु ओइलाए जसतो देखिन्छ । कर्मचारी संयन्त्र समायोजनका नाममा काममा केन्द्रीत हुनै सकेन । सधै अस्थीर मनमा गुज्रिरहेको छ । प्रधानमन्त्रीको सपना कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थायी सरकार अर्थात कर्मचारी संयन्त्रको हो । केही नगरी वसि वसी तलव खाएर वस्दा आनन्द छ केही गरौं भनी चुनौती लिन खोज्दा अख्तीयारको लाग्छ भन्ने वाहाना छ । तोकेको काम नगर्दा पनि अख्तीयार लाग्ने कहिले होला ? अख्तीयार दुरुपयोग गर्दा र अख्तीयारको उपयोग नगर्दा पनि कानून लाग्ने हुनु पर्दछ । तै पनि केही कर्मचारीले चुनौतीको सामाना गरेको पनि देखिन्छ । उनीहरु साह्ै थोरै संख्यामा देखिन्छ । यसका अभियान कैं रुपमा माहौल ल्याउन जरुरी छ ।
नेपालमा पनि देखेको सपना मध्ये केही असाध्यै प्रभावकारी भएका छन् । आफ्नो गाउँ आफै वनाऔं एक हो । त्यस्तै कुनै बेला सञ्चार मन्त्री हुँदा अहिलेका सभामुख महराले एक सपना वाँडेका थिए । जुन थियो “घर घरमा इन्टरनेट हात हातमा मोवाइल” । त्यस वेलामा त्यो सपना सुन्दा हामी धेरैलाई पत्यार लागेकै थिएन । यो संभव छैन भन्ने लागेको थियो तर केही वर्षमा नैं हाम्रा हात हातमा मोवाइल फोन आए, घर घरमा मात्र होइन औला औंलामा इन्टरनेटवाट विश्व नियालीरहेका छौं । महराले हामीलाई फोन तथा सिमकार्ड किनि दिएका होइनन् अनी कुनै टावर वनाउन पनि उनी हिंडेनन् मात्र उन्ले सपना देखेका थिए । सो सपना अनुसार काम गर्ने वातावरण तयार गरिदिए । त्यो काम गर्ने त टेलीकमका विज्ञहरु छँदै थिए । यहाँ विज्ञ भन्नाले धेरै पढेका लेखेका मात्र नवुझौं । सम्वन्धीत विषयमा दख्खल भएका जोकोही पनि विज्ञ हुन् ।
प्रधानमन्त्री ओलीका सपना महत्वकांक्षी र आवश्यक छन् । सपना महत्वकांक्षी हुनै पर्छ । यसको कार्यान्वयनको वातावरण तयार भैरहेको छैन । सरकारले चाहेमा कर्मचारी संयन्त्र भन्दा वाहिरवाट पनि सम्पादन गर्न सक्नेछ । केही निकायमा पढेलेखेका, विज्ञ, विद्धानहरुलाई नियूक्ति गरेको पनि पाइन्छ । तर कार्यसम्पादन प्रभाकारी हुन सकेको देखिएन । समग्रतामा प्रधानमन्त्री ओलीको सपनालाई सफल कार्यान्वयन गर्ने संयन्त्रको अभाव रहेको छ । नेपालका विषयत विद्धानको भूमिका खट्किएको छ । नजान्ने होइन नगर्ने समस्या भएको छ । ओलीको सपनाले उत्साहित वनाउँछ तर त्यो अनुसार काम नहुँदा निराशामा परिणत भएको छ । अरुले भन्दा फरक सपना देख्ने नैं असल नेता हो । त्यसमा प्रधानमन्त्री प्रति कसैको शंका छैन तर सपना प्राप्तीको लागि कसरतको कमीले मात्र शंका उव्जाएको छ । ओली मात्र होइन पहिलाका अरु प्रधानमन्त्रीहरु पनि सोचका धनी नैं थिए तर ओलीसँग भने अरुको भन्दा फरक चाँही आफ्ना सपना अरुले सजिलै वुझ्ने गरी भन्न सक्ने कला रहेको छ । भारतका पूर्व राष्ट्रपति अव्दुल कालामले भनेका छन् की सपना त्यस्तो हो जुन देखेपनि निन्द्रा लाग्दैन । प्रधानमन्त्रीलाई आफुले देखेको सपनाले पक्कै सुत्न दिएको छैन तर कार्यान्वयन गर्ने संयन्त्र आनन्द मानेर अझै धेरै सुते की भन्ने भान परीरहेको छ । अमेरिकाका राष्ट्रपतिले देखेको सपना कार्यान्वयनमा त्यो वेलाका वैज्ञानिक सुरुमा अलमलिए पनि केही समयमा भाका टिपेका थिए होलान् तर हाम्रा विज्ञ, वैज्ञानिकले त्यो पारा ल्याउँदैनन् की भन्ने शंका वढेको छ । यहि अवस्था रहेमा प्रधानमन्त्रीका सपना निदाएको वेलामा देखे जस्तो हुने हो की भन्ने डर वढेको छ ।
अझ समय गुज्रीसकेको छैन । हाम्रा विज्ञहरुसँग अपार तागत छ । त्यो तागतलाई प्रयोग गर्न आवश्यक छ । रामायणमा हनुमानले आफ्नो सामर्थ विर्सेको कथा जस्तो भैरहेको छ । कथा अनुसार, रावणले सितालाई हरण गरे पछि खोततलासको लागि हनुमान नेतृत्वमा टोली अगाडी वढ्छ । समुन्द्रको छेउमा पुगेर रावणले सितालाई लगेको लंका भन्ने कुरा पत्ता लगाउछँन् तर विचको समुन्द्र तर्ने अाँट आउँदैन । त्यस समयमा एक जटायुले हनुमानको तागत चिनाउने काम गर्दछ । तिमि वायू पुत्र हौं । यो समुन्द्र मात्र होइन यो भन्दा धेरै लामो फट्को मार्न सक्छौं कोशिस त गर भन्दा हनुमानलाई विश्वास लाग्दैन् । अनी फेरी जटायुले उत्प्रेरित गर्छ कि तिमी सानो छँदा भोक लाग्दा सुर्यलाइ खान दौडिएका थियौं । त्यसता बलवान् अहिले कसरी कमजोर ठानेका छौं भनी पटक पटक भने पछि हनुमान आफनो क्षमता पहिचान गर्न सफल हुन्छन् । त्यस्तै अहिलेका विज्ञ वा सम्वन्धीत विषयमा लागेकाहरुसँग र नागरिकहरुसँग पनि असाध्यै राम्रो क्षमता छ तर विर्सेको अवस्था भएको छ । यहाँ जटायुको भूमिका खेली उनीहरुसँग भएको तागत चिनाउन सक्नु पर्दछ । हनुमानलाई जटायुले कुनै शक्ति थपि दिएको होइन । हनुमानसँग भएको तागतलाई उजागर गर्दिएको मात्र हो । हाम्रा विज्ञ, नागरिकहरुसँग त्यस्तै तागत लुकेको छ । त्यसलाई उजागर गर्न आवश्यक छ । कार्यान्वयनमा लाग्नेहरु ओइलाएका छन् । उनीहरुले आफ्नो तागत विर्सेका छन् । उनीहरुलाई हुनुमान चालिसा पढाएर भनेपनि तागतलाई उजागर गर्न ढिला भैसकेको छ । अनी मात्र प्रधानमन्त्री ओलीका सपनाहरु साकार हुनेछन् । तव मात्र हुनसक्छ “समृद्ध नेपाल सुखी नेपाली” । धन्यवाद ।
bholakcf@gmail.com
Be the first to comment on "ओलीका सपना र अलमलिएका विज्ञ"