गौरीशंकर गाउँपालिकाको नक्सा सगरमाथाको शिखरमा पु¥याइने

 

चरिकोट– दोलखाको गौरीशंकर गाउँपालिकाको नक्सा सहितको नेपालको झण्डा सगरमाथाको शिखरमा पु¥याइने भएको छ ।  सो गाउँपालिका वडा नम्बरका ९ का हिमाल आरोही पसाङ रेन्जी शेर्पाले सो नक्सा सहितको नेपालको झण्डा सगरमाथाको शिखरमा पु¥याउने भएका हुन । हिमाल आरोही शेर्पालाई गाउँपालिकाको नक्सा सहितको झण्डा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले सदरमुकाम चरिकोटमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै पाण्डेले दोलखा हिमाल आरोहीको उर्भर भुमि भएको बताए । दोलखालाई हिमाल आरोहीले विश्वको सामु चिनाउने काम गरेको प्रमुख पाण्डेको भनाई रहेको छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख सोयम बहादुर खडकाले आरोहीलाई आरोहणको शुभकामना व्यक्त गरेका थिए । गाउँपालिका देशको नै आरोहीको उर्भर भुमि भएकाले त्यसको विकासको लागि विभिन्न कार्यक्रम ल्याएको पनि प्रमुख खडकाको भनाई रहेकोछ । कार्यक्रममा युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङ ,गौरीशंकर गाउँपालिकाका वडा अध्यक्ष,संन्चारकर्मी तथा विभिन्न पाटीका प्रतिनिधीले आरोहीलाई शुभकामना व्यक्त गरेका थिए । शेर्पाले यस अघि २पटक विश्व अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । गौरीशंकर गाउँपालिका हिम आरोहीको उर्भरभुमीको रुपमा विश्वमा नै चिनिने गरेको छ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाको नक्सा सगरमाथाको शिखरमा पु¥याइने"

Leave a comment

Your email address will not be published.


*