समान ब्यवहार समान अवसर, सम्मान पूर्बक वाच्न पाउनु हाम्रो अधिकार

राजेन्द्र नेपाली

सन १९६० मार्च २१ का दिन दक्षिण अफ्रिकाको सार्प भिल्लेमा रंगभेदी कानून विरुद्ध भएको एक शानितपूर्ण प्रदर्शनमा हजारौ ब्यक्तिमाथी प्रहरीले गोली चलाउदा ६९ जना काला जातीका मानिसहरु मारिए भने ३०० भन्दा वढीलाई घाईते वनाईयो । सो दुखान्त घट्नाको स्मरण गर्दै राष्ट्रसंघको महासभाले सन १९६६ मा मार्च २१ तारेखलाई रंगभेद उन्मुलन दिवसको रुपमा मनाउदै आएता पनि नेपालमा भने जातीभेद विरुद्धको दिवसको रुपमा मनाउदै आएको छ । १९६२ मा रंगभेद विरुद्धका नेता नेल्सन मन्डेलालाई गिरफ्तारी गरियो र उनले २७ वर्ष लामो जेल जिवन विताउनु प¥यो । मन्डेलाको गिरफ्तारी पछि संसारभरनै रङको आधारमा गरिने विभेद विरुद्धको आन्दोलन फैलियो । अमेरिकामा पृथकीकरण कानून भएकाले त्यसको विरोधमा मार्टिन लुथर किंगको नेतृत्वमा आन्दोलन सुरु भएको थियो । यसरी संसारभर रङको आधारमा जातीवादी विभेदलाई सम्वोधन गर्ने हेतुले १९६५ जनवरी मा संयुक्त राष्ट्र संघले जातीय विभेद उन्मूलन महासन्धि पारित ग¥यो । नेपालले उक्त महासन्धिलाई सन १९७१ मार्च १ मा अनुमोदन गरी नेपालमा लागू भएको घोषण ग¥यो । सर्वसाधारणको हकमा भने १९९४ मा तत्कालिन राष्ट्रिय सभाका सांसद मन बहादुर विश्वकर्माले नेपाल पक्ष राज्यको हैसियतले नेपालले ग्ल् ऋभ्च्म् लाई पठाउनु पर्ने आवधिक प्रतिवेदन पठाए । नपठाएको प्रश्न संसदमा कुरा उठाउदा मात्र जन चासो वढेको हो । त्यसै वर्ष देखि २१ मार्चलाई नेपालमा पनि नागरिक समाजको तर्फवाट जातीय विभेद उन्मुलन दिवसको रुपमा मनाउन थालिएको हो ।

   सन्दर्भ ५४ औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस, २१ मार्च

मानव अधिकारको विश्वब्यापी घोषणापत्रले सबै मानव जाती स्वतन्त्ररुपले जन्मन्छन र प्रतिष्ठा एवं अधिकारमा समान छन तथा प्रत्येक ब्यक्ति कुनै पनि किसिमको खासगरी जाती वर्ण वा उत्पत्तिको भेदभाव विना सो घोषणपत्रमा उल्लिखित सम्पूर्ण अधिकार तथा स्वतन्त्रताहरुको हकदार छन भन्ने घोषणा गरेको भने जातिय विभेदमा आधारित सर्वाेच्चताको कुनै पनि सिद्धान्त वैज्ञानिक रुपले गलत, नैतिक रुपले निन्दनिय सामाजिक रुपले अन्यायपूर्ण र खतरनाक भएको तथा सिद्धान्त वा ब्यवहारका कुनै पनि स्थानमा जातीय भेदभावको औचित्य नभएको कुरामा सहमत भएको र जातीय भेदभावका सम्पूर्ण तथा प्रकट रुपलाई शीघ्र रुपमा उन्मूलन गर्न आवश्यक सम्पूर्ण उपायहरु अवम्वन गर्न तथा जातीहरुवीच समझदारी प्रवद्र्धन गर्ने र सबै किसिमका जातीय विखण्डनवाद तथा जातीय भेदभाववाट मुक्त अन्तराष्ट्रिय मानव समुदाय निर्माण गर्ने उद्धेश्यले जातीय सिदान्त तथा ब्यवहारहरु रोकथाम गर्न र त्यस्ता सिद्धान्त तथा ब्यवहार लडाई गर्न दृढ हुने कुरा अभिसन्धिको मूल र्मम रहेको छ ।
मानवअधिकार दर्जाैनौ अन्तराष्ट्रिय कानून हरुमा नेपालले पक्ष राष्ट्रको हैसियतमा हस्ताक्षर गरि सकेको छ । यिनै मानव अधिकारका अन्तराष्ट्रिय कानूनहरुको माध्यम वाट विश्वका धेरै देशका मानव समुदायहरु स्वतन्त्र भईसकेका छन तर हाम्रो मुलुक नेपाल अन्तराष्ट्रिय कानून वमोजिम नेपालका अन्य कानूनहरु निर्माण नगरिदा अपेक्षाकृत परिवर्तन हासिल गर्न सकिएको छैन । सामन्ती यूगमा जवरजस्त रुपमा लादिएको जातभातको कुहिगन्धे अवशेषलाई पनि २१ शताब्दीमा पनि जातीय विभेदको आन्दोलन हुनु सिङगो मानव समाजकै लागी लाजमर्दाे कुरा हो । हाम्रो समाज परिवर्तको दिशामा कति अगाडी छ , समाजमा परिवर्तनको चेतना कती छ ,भनेर मापन गर्ने हो भने हाम्रो समाज परिवर्तनको दिशामा कछुवाको चालमा छ । देशको राज्य ब्यवस्थामा मात्र परिवर्तन भएर नहुदो रहेछ । हामी हरेक कुराहरुमा परिवर्तन खाज्छौ तर अन्धविश्वासवाट माथी उठ्न नसक्दा हाम्रो हाम्रो समाज परिवर्तित हुन सकि रहेको छैन ।
अझैपनि जातको आधारमा हुने भेदभाव र छुवाछुतका अवशेषहरु बांकीरहेका छन । समाजमा भेदभाव कायम रहनुमा समाज अशिक्षित मात्र भएको कारणले होईन शिक्षित ब्यक्ति तथा परिवार र समाज ले धार्मिक कुरिती र अन्धविस्वास त्याग्न नसक्नु प्रमुख कारण हो । तर नेपाली समाज परिवर्तनको दिशामा अघि वढि रहेको छ । एउटै समाजका विभिन्न समुदाय विच कायम रहेको सामाजिक सदभाव , एकता र पारस्परीक सहयोगको अटुट श्रृखला आजपनि जरुरी छ । तर पनि हामी विचमा हेर्ने दृष्टिकोण र बुझाई अन्तरको कारणले सोचे जस्तो परिवर्तन हुन सकिरहेको छैन । समाजका सबै मान्छेलाई थाहा छ मान्छे मान्छेमा अर्काे भिन्नता वा जात छैन भन्ने कुरा , यो कुरिती र अन्धविस्वास हो भन्ने कुरा, यस्तो प्रथा परंपरा मान्नु हुदैन भन्ने कुरा पनि थाहा छ तर पनि अन्यायपूर्ण सामाजिक बन्दोबस्त को विभेदकारी कानून पूर्ण रुपमा मास्सिन नसकेको हुंदा एउटा मानव समुदाय चरम विभेद सहेर बांच्न वाध्य छ ।
सबै मानवहरु समान छन । कानूनको आधारमा मात्र हैन जन्मजातनै समान छन । मान्छेको अर्काेजात छैन विभिन्न मान्छेहरुले विभिन्न काम गरेको आधारमा जातीय भेदभाव सुरु गरियो । समाजका कंयौ अन्धविस्वास र कुरितीहरु मासिंदै गए हराउदै गए तर किन जातीय कुसंस्कार हराउन सकेन । यदी हामीले मानवताको पक्षमा समानताको पक्षमा अन्यायमा परेको तमाम समुदायको हित र अधिकारको लागी आजैवाट लाग्ने हो भने यो समाज र देशलाई नै विश्व समुदायको अगाडी मानव अधिकार र समानताको गतिलो उदाहरण दिन सक्छौ ।
हामीले जातीय भेदभावको कुरा मात्र गरि रहेको छैन हामीले त सामाजिक सदभाव लाई पनि त्यतिकै महत्व दिई रहेका छौ विभेदमा परेका समुदायको मात्र मूक्ति आन्दोलनले लक्षित गन्तब्य भेट्टाउन सकिदैन यो समाज संग गांसिएको सामाजिक समस्या हो त्यसैले हामी समाजमा रहेका समाज बदल्ने स्वप्नद्रष्टा , आम बुद्धिजिवि , न्यायप्रेमी ब्यक्तिहरु , सरकार सरकारी निकाय स्थानिय तह शिक्षक लगायत सम्पूर्ण तह तप्काहरुको संयूक्त प्रयास हुने हो भने बदलिएका मान्छे बददिएको समाज र त्यहां भित्रको विभेद रहित सार्थक जिवन , ५४ औ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसले यहि सपना साकार पारोस ।

Shares

Be the first to comment on "समान ब्यवहार समान अवसर, सम्मान पूर्बक वाच्न पाउनु हाम्रो अधिकार"

Leave a comment

Your email address will not be published.


*