गौरीशंकर क्याम्पसमा मत गणना हुने

चरिकोट, मंसिर ३

दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि दान गरिएको मत सदरमुकाम चरिकोट स्थित गौरीशङ्कर क्याम्पसमा गणना गरिने भएको छ । शुक्रबार सम्पन्न सर्वदलीय बैठकमा मत गणना स्थल सो क्याम्पसमा निर्धारण गरिएको जानकारी दिइएको हो । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आइतबार निर्वाचन सम्पन्न भएपछि मतपेटिका गणना स्थलमा ल्याई गणना गरिने बताउनुभयो। गणना स्थलमा व्यवस्थापन लगायत सम्पूर्ण पूर्व तयारीको काम पूरा भइसकेको छ। बैठकमा सबै पक्षबाट समन्वयात्मक रुपमा सहयोग र सहजीकरण गरी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्णय समेत भएको थियो।

Shares

Be the first to comment on "गौरीशंकर क्याम्पसमा मत गणना हुने"

Leave a comment

Your email address will not be published.


*