सहकारी शव्द सगै काम गर्नेहरुको सहकार्यात्मक अवधारणा हो । सहकारीमा संगै काम गर्ने व्यक्तिहरू संगठित भई सदस्यकोहित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा भन्नु पर्दा सहकारीता एउटा व्यावसायिक कौसल पनि हो । सहकारिता व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक तथा सामाजिक उत्थानको लागि गरिने सामूहिक र एकिकृत प्रयास पनि हो ।सहकारीलाई प्रारम्भिक अवस्थामा श्रमिकको श्रम ,सीप ,वैज्ञानिक प्रविधि र छरिएको पुँजीलाई एकत्रित गर्ने भरपर्दो माध्ययममानिन्थ्यो । सहकारीको संगठनात्मक स्वरूप त्यो हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना व्यवसायिक तथा सामूहिक समृद्दिका विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् ।
वास्तवमा सीमित स्रोत र साधन भएका व्यक्तिहरूको साझा सङ्गठन सहकारी हो। जहा प्रजातान्त्रिक नियन्त्रित हुन्छ र सदस्यहरूको हितको निमित्त साझा उद्देश्य प्राप्तिका लागि निरन्तर कार्य गरिन्छ। समग्रमा सहकारी भन्नाले समान इच्छा, आकांक्षा र समान आर्थिक अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो ।
विश्वको सहकारीको ईतिहास हेर्ने हो भने हामी भन्दा निकै अगाडी करिव २०० वर्ष को छ। छिमेकी देश चिन र भारतको ईतिहास करिव १५० वर्ष जति रहेको छ । नेपालको सहकारीको ईतिहास भने त्यति लामो देखिदैन २०१० मा सहकारी विभागको स्थापना लाई आधारमान्दा करिव ७० वर्षको ईतिहास देखिएता पनि संस्थागत विकासको सुरुवात भने २०४८ सालमा सहकारी ऐन र २०४९ मा सहकारी नियमावली वनेपछिको अवस्थालाई मध्यनजर राख्दा करिव ३० वर्षमात्र पुगेको छ ।संस्थागत विकास र व्यवस्थापनको हिसावले हेर्दा त्यति परिपक्व भएको ऊमेर त मानिदैन तथापी नेपालमा सहकारीले लिने अवको गन्तव्य चाहि भरपर्दो र परिपक्व जरुरी छ ।
सहकारीमा सदस्यहरू नै यसका मालिक र ग्राहक हुनेहुनाले यसमा पूजिलाई भन्दा सदश्यलाई महत्व दिईन्छ।यसमा पूँजिको संकलन,संचालक र कर्मचारी पनि स्थानिय नै हुने हुनाले यसलाई सस्तो लोकप्रियताबाट नभई बलियो स्थायी आर्थिक तथा सामाजिक आधार भएको समुदायमा केन्द्रित व्यवसायको रुपमा चिनिन्छ ।सहकारी संस्थाले नियम ,विनियम, कार्यविधि तथा सँञ्चालन मापदण्डहरू तयारगर्दा पनि स्थानिय माग आवश्यक्ता र परिवेशलाई आधार मानेर तयारी गरि कार्य सँञ्चालन गरेका हुन्छन ।सहकारीले समुदायको वित्तीयविकास र पूँजि निर्माणको मात्र होईन समाज र समुदायको सामाजिक आर्थिक सांस्कृतिक विकास र वातावरणीय सन्तुलन तथा संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ ।
सहकारीको मूलभूत उद्देश्य भन्नु नै आफ्ना सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक साँस्कृतिक न्याय ,समतामूलक समाज र सामाजिक समानता दिलाउनु हो । सामूहिक हितका लागि संगठित भई सामाजिक मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरणसिर्जना गर्नु, पारस्परिक सहयोग अभिवृद्धि गर्नु, समाजमा व्याप्त वेरोजगारी , गरिबी, व्यापारिक एकाधिकारवाद, कालो वजारी, जस्ता सामाजिक तथा आर्थिक विसंगतिहरुको अन्त्य गरि सहकारिताको माध्यमबाट समाजमा निम्न आय भएका समुदायको जीवनस्तर उठाई उनीहरूलाई सामाजिक न्याय र समतामूलक समाजको विकास गरि आफ्ना सदश्यहरुको आर्थिक, सास्कृतिक ,सामाजिक, न्यायिक एवं शैक्षिक उद्देश्यहरू पुरा गर्न निरन्तर संचालित भइ लागि रहनु नै हो ।
विश्व ईतिहासमा सहकारीका पिता भनेर वेलायतका रोबर्ट ओवेनलाई मानिन्छ ऊनले सन् १८४४ अक्टोवर २४ मा बेलायतको रोचडेलसोसाइटी अफ इक्विटेबल पायोनियर नामको संस्था संचालन गरेर विश्वको आधुनिक सहकारीको जग हालेका हुन। त्यस्तै बचत तथाऋण सहकारी संस्थाका पिता भनेर जर्मनीका एफ.डव्लु .रेईफाईसनलाई चिनिन्छ ऊनले विषेशत ग्रामिण केन्द्रित र शहर केन्द्रित सहकारी संञ्चालन गरेका थिए । छिमेकी मुलुक चीनको सहकारी आन्दोलनका अगुवाको रुपमा डा. सन यात सेन र भारतिय सहकारी आन्दोलनका अगुवा माहात्मा गान्घिलाई मानिन्छ
नेपालमा सहकारी संस्थाको विकास क्रमलाई हेर्ने हो भने प्राचिन समयमा ऐचो,पैँचो, अर्मपर्म, धर्म भकारी, ढिकुर,ढुकुटी जस्ता अनौपचारिक संगठन हुँदै विकसित भएको देखिन्छ । आधुनिक सहकारीको कुरा गर्दा चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र२० मा स्थापना भएको “बखान ऋण सहकारी संस्था” नै नेपालको पहिलो सहकारी संस्था हो ।
वर्तमान समयमा नेपालको संविधानमा सहकारीलाई नेपालको राष्ट्रिय अर्थतन्त्र विकासको महत्त्वपूर्ण अङ्गको रूपमा सहकारीलाई स्वीकार गरिएको छ। यस भनाइलाई पुष्टि गर्न नेपालको संविधान भाग –४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गतराज्यको आर्थिक उद्देश्यमा समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारीलाई औँल्याइएको छ ।यसैगरी राज्यका नीतिहरूअन्तर्गत अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीतिमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने कुरावाट सहकारीलाई प्रस्ट रुपमा आर्थिक समृद्दिको एउटा खम्वा हो भन्नेर वुझाईएको छ ।
नेपालको संविधान,संघ प्रदेश स्थानिय निकायको साझा जिम्मेवारीमा पनि सहकारी तथा नेपालको ऐन कानुनका प्रावधानहरूलाई आधार लिने हो ,भने नेपालको आर्थिक समृद्धि पूंजि निर्माण र सामाजिक रूपान्तरणका लागि गुणात्मक एवं दिगो आर्थिक समृद्दिको फड्को मार्नका लागि वर्तमानका सहकारी संघ संस्थाहरूको क्षमता अभिवृद्दि र संस्थागत विकासमा राज्यले सहयोग गर्दै ,लक्ष्य प्राप्तिका लागि सहकारी संघसंस्थाले छिमेकी मूलुक र विश्वको सहकारी आन्दोलनले सिकाएको पाठ र त्यसले ल्याएको परिवर्तन समेतलाइ ध्यान दिदै अगाडी वड्नुपर्ने आवश्यक्ता रहेको छ ।
नेपालमा हाल करिब ३४ हजार विभिन्न प्रकृतिका सहकारी संस्थाहरू रहेका छन् । जसमा झन्डै ७३ लाख जनता सदस्य छन् । देशभर सहकारीको ठुलो सञ्जाल छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रले करिब ४ प्रतिशत योगदान दिएको देखिन्छ । यसक्षेत्रले करिव ६४ हजारलाई प्रत्यक्ष रोजगारी दिनुको साथै लाखौँको संख्यामा अप्रत्यक्ष रोजगारी सृजना गरेको छ । नेपालका सहकारीहरूले अर्थतन्त्रमा खरबौँको रकम परिचालन गरिरहेका छन् । तर, नेपालको सहकारी आन्दोलनमा देखिएको कमजोरी भनेकै विषयगत सहकारीले विषयगत काम नगरेको नै हो किन भने ऋण सहकारीले ऋणको काम गर्ने ,ऊत्पादन सहकारीले ऊत्पादनको कामगर्ने,ऊपभोक्ता सहकारीले ऊपभोग, वजार सहकारीले वजारीकरण गर्नुपर्ने, कृषि सहकारीले कृषिको काम गर्नुपर्ने,दुग्ध सहकारीले दुग्धको काम गर्ने,वहुऊद्देशीयले सोहि अनुसार काम गर्नु पर्नेमा हामी सबै सहकारीले वचत गर्ने र ऋण दिने काममा चुक्यौ तव वित्तीय क्षेत्रमा मात्रहोईन उत्पादन र सेवा क्षेत्रका सहकारीहरुले आफ्नो ऊद्देश्य अनुसार काम गर्न नसक्दा ऊपभोग,ऊत्पादन, वजारीकरण,कृषि, फलफूल, दुग्ध, स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, विद्युत्, लगायतका महत्त्वपूर्ण क्षेत्रहरुमा योगदान कमजोर भई व्यवसायीकरण र पूँजि निर्माणमा ठुलो समस्या देखिएको हो ।
थोरै–थोरै बचत संकलन गर्ने र समूह भित्रकै सदस्यहरूलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गरी उद्यमी बन्ने वाझो जमिनको प्रयोग गर्ने तथा व्यक्तिलाई आइपर्ने साना ठुला गर्जो टार्ने राम्रो माध्यम सहकारी बनेको छ । तर हाल सहकारी विच नै अस्वस्थ्य प्रतिस्पर्धाकाकारण लगानी र विषयगत जिम्मेवारी कमजोर हुन गई लगानीमा अस्वस्थ्य प्रतिस्पर्धा डुव्लिकेशन,वर्गिकृत ऊद्देश्य अनुसारको काम प्राथमिकिकरण नगरी लगानी गर्दा अनुत्पादक क्षेत्रमा लगानी वड्न गई कमाएको पैशाले नाफा को त कुरै छोडौ व्याज मात्र तिर्न पनि नसक्ने,अनुत्पादक क्षेत्रमा गरिएको लगानीका कारण घरवार विहिन हुनुपर्ने अवस्था दिन २ गुना रात चौगुणाले वृद्धि हुदै गएको छ । यो अबस्था आउनु भनेको सहकारीको उद्देश्य ,मर्म र भावना विपरित हुनु हो भन्ने भनाई यत्रतत्र छरिएको छ ।
हामीले संचालन गरेका सहकारीको ऊद्देश्य हाम्रो भुगोल ,व्यक्तिको आम्दानीको श्रोत ,आर्थिक सामाजिक अवस्था ,ऋणिले लिने, ऋणको भार थेग्न सक्ने नसक्ने, सामाजिक हैसियत ,धितो सुरक्षणको अवस्था विश्लेषण र लगानीको उचित क्षेत्र पहिचान नगरी उत्पादन र बजारीकरणको कार्यमा सहभागी बनाउन नसकी ,बित्तिय पहुँच अभिवृद्धि, महिला सशक्तीकरण, नेतृत्व विकास ,क्षमता अभिवृद्दि, सामाजिक एकीकरण, उद्यमशीलताको प्रवर्धन र गरिबी न्यूनीकरणमा टेवा नपुर्याई लगानी गर्दा यो अवस्था आएको हो भन्न सकिन्छ ।
त्यसैले अवको सहकारीको गन्तव्य कस्तो हुनुपर्दछ त भन्दा विषयगत सहकारी वीच साझेदारी, दोहोरो सदश्यता खारेजी,सहकारी सहकारी वीच समन्वय,एकिकरण,विघटन र विषयगतकामको आधारमा लगानी गर्दै उत्पादन,ऊपभोग,वजारीकरण,मार्फत “सानो लगानी ठूलो प्रतिफल” तर्फ जानुपर्ने आवश्यक्ता छ ।
ईजरायलमा कृषियोग्य भुमि २० प्रतिशत मात्र थियो सहकारी मार्फत ईजरायली जनतालाई ईजरायलको वालुवामा माटो विच्छ्याएर फुल रोप्न लगाईयो र ऊत्पादित फूल संसारभर निर्यात गरेर आर्थिक समृद्दी गरायो भने नेपालका पाखा पखेरामा यस्तै अभियान किन सुरु नगर्ने जव कि नेपालमा भारतवाट मात्रै वार्षिक करोडौको फूल आयात हुदो रहेछ त्यो रोक्न सकिन्छ ।
चिनको तिव्वतको डाडापाखामा सहकारी मार्फत वकूल्ला (एक प्रकारको खाने तरकारी )र भेडा पालिन्न्छ हाम्रा पाखा पखेरामा सहकारी मार्फत त्यो अभियान किन नचलाऊन्ने जव कि दशैमा मात्र मासुको लागी तिव्वत वाट करोडौको भेडा आऊछ त्यो रोक्न सकिन्छ हाम्रा पाखा पखेरामा वकुल्ला लागाऔ जुन सजिलै ऊत्पादन हुन सक्छ त्यो लगाएर प्रसोधन गरि प्याकेजिग गरौ र खाजाको रुपमा संसारभर पुरयाउ ।भारतमा अमूल नामको दुध, अन्डरवयर, गन्जी र भेष्ट सहकारीमार्फत वनाईयो सुरुवातमा आफ्ना सदश्यलाई वितरण गरियो र निर्यात गरियो हाल ऊक्त व्राण्डका वस्तु संसार भरका ठुला सपिङं कम्प्लेशमा पाईन्छ हामी पनि चौरी ,गाई र भैसी फर्म संञ्ंचालन गरौ । दुध र दुध जन्य पदार्थ चिज ,छुर्पी ,घिउ ,नौनी गुदपाक,जस्ता वस्तुको निर्यात गरौ यस्ता वस्तुको माग अन्तराष्टिय वजारमा ज्यादै धेरै छ यसलाई निर्यात गरौ ।
युरोपका कयौ देशहरुमा सहकारी मार्फत सामुहिक खेती गरियो तरकारी र फलफुल ऊत्पादन गरियो र संसारभर निर्यात गरियो ।हामीपनि सहकारीमार्फत अरग्यानिक तरकारी तथा फलफुल ऊत्पादन गरौ वजारीकरण गरौ आर्थिक प्रगति गरौ । कुखुरा फर्म संचालन गरौ मासु र अन्डामा आत्मानिर्भर वनौ । पाखा पखेरामा आलु बखडा रौपौ जाम र जेली वनाएर संसार भर निर्यात गरौ। हाम्रो देशका करिव १ करोड मानिस सहकारीमा आबद्ध रहेका छन् ।कयौ युवा विदेशिएका छन उनीहरुलाई यो अभियानमा सरिक हुन आव्हान गरौ । अवको हाम्रो वाटो भनेकै लगानीमा वचत तथा ऋण सहकारी,वजारीकरणमा वजार सहकारी, कृषिमा कृषिसहकारी,ऊत्पादनमा ऊत्पादन सहकारी , दुधमा दुग्ध सहकारीले आ–आफ्नो भुमिका र उद्देश्य अनुसार काम गर्ने र सदश्यलाई यसै गरिलाग्ने व्यवस्था मिलाऊने र ऊत्पादित वस्तुको वैदेशिक निर्यात प्रर्वधनमा राज्यले नितिगत व्यवस्था र नीजि क्षेत्रले समन्वयात्मक भुमिका निर्वाह गरेमा सहकारीको लगानी पनि सुरक्षित हुने सदस्यको आर्थिक समृद्ध हुने र राष्ट्रको पूँजि निर्माण हुने कुरा निश्चित छ ।
लेखक ः जनसचेतन साकोस वैतेश्वर –५ दोलखा का सचिव हुनुहुन्छ ।
Be the first to comment on "सीमित स्रोत र साधन भएका व्यक्तिहरूको साझा सङ्गठन सहकारी हो"