तरकारी खेतीबाट यो वर्ष ७० लाख रुपियाँको तरकारी बिक्री गर्ने लक्ष्य

बाबुराम शर्मा (चरिकोट) –शैलुङ गाउँपालिका–३ का दुई दाजुभाइले गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेको छ । दाजुभाइ नारायण श्रेष्ठ र गणेशमान श्रेष्ठले परीक्षणका रुपमा गरेको तरकारी खेतीबाट वर्षेनी आम्दानी वृद्धि हुँदै गएपछि यो वर्ष करिब ३० लाख रुपियाँ आम्दानी हुने अपेक्षा राखेको बताइएको छ । दाजु नारायणका अनुसार गत दुई वर्षमा ३२ लाख रुपियाँको तरकारी बिक्री हुने गरेको छ । यो वर्ष ७० लाख रुपियाँको तरकारी बिक्री गर्ने लक्ष्य राखिएको छ । यसमा करिब ४० लाख रुपियाँ सबै खाले चालु खर्च हुन्छ । ३० लाख रुपियाँ नेट आम्दानी हुने अपेक्षाका साथ तरकारी खेती गरिएको छ । विदेशी मोह त्यागेर गरे देसमै सुन फलाउन सकिन्छ भनेर गत २०७६ देखि यो खेती सुरु गरिएको हो । उहाँले भन्नु भयो, “पहिलो वर्ष न नाफा न घाटा नै भयो । दोश्रो वर्षदेखि आम्दानी हुन लागेको हो । अहिलेसम्म ७० लाख रुपियाँ लगानी भइसकेको छ । ”ठूलै लगानीले ठूलै आम्दानी दिन्छ भन्ने मान्यता राखिएको छ । शैलुङ गाउँपालिका–५ मा रहेको आफ्नो पाँच रोपनी जग्गामा अकबरे खुर्सानी खेति गरिएको छ । सोही वडा मा २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक गोलभँेडा खेती र च्याउ खेती गर्दै आएका छौँ । त्यस्तै ३ नम्बरमा रहेको आफ्नो जग्गामध्ये १० रोपनीमा बेमौसमी आलु खेती तथा १० रोपनी जग्गामा किबी खेती र पाँच रोपनी जग्गामा अन्य तरकारीजन्य बेमौसमी खेती गरिएको उहाँले बताउनु भयो । समाजमा आम्दानीको स्रोतले व्यक्तित्व झल्कने महसुस भएपछि हामी पनि केही गछौँ भने सुरुवात गरिएको े खेतीले थोरै समयमा एक सफल व्यावसायिको कथा बुन्न सफल हुनु भएको दुई दाजुभाई । उहाँहरुले सुरुवात गर्नु भएको यो खेतीबाट उहाँहरुले मात्रै आर्थिक आम्दानी नलिइकन गाउँका अन्यले रोजगारी पनि निरन्तर पाउनु भएको छ । रोजगारीबाट प्रति कामदारले १२ हजार देखि १५ हजारसम्म प्रतिमहिना कमाइरहेका छन् । गत २०७६ सालबाट सुरुवात कृषि पेशा अँगालेका दाजुभाइको मेहनत र परिश्रमको नजिकैबाट देख्ने कृषकहरुले खुलेरै प्रशंसा गर्ने गर्दछन् । यस आर्थिक वर्षमा पाँच रोपनी जग्गा मा लगाएको अकबरे खुर्सानीबाट मात्रै पाँच लाख आम्दानी हुने लक्ष्य राख्नु भएको छ भने गोलभेँडा खेतीबाट ७० लाखको उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै उहाँले भन्नु भयो, “६० लाख नघट्दैन । सडक सहज नहुँदा अहिले काठमाडौँसम्म पु–याउन बढी भाडा तिर्नु परेको छ । यातायातको सहज भएपछि आम्दानीमा वृद्धि हुन आउँछ । गोलभेँडाका बिरुवा लगाएको चार महिनादेखि छ महिनासम्म लगातार उत्पादन दिने र प्रति दुई÷तीन दिनमा ७० देखि ८० क्यारेट गोलभेँडा उत्पादन भइरहेको छ ।” गत आर्थिक वर्षमा परिश्रम देखेर पाँच लाख रुपियाँ शैलुङ गाउपालिकाले अनुदान दिएको थियो । यस आर्थिक वर्षमा गाउँपालिकाले कुनै अनुदान रकम नछुट्याएपछि असन्तुष्ट प्रकट गर्दै उहाँले आफूहरु जस्तै लगनशील कृषक उत्पादनको निमित्त कम्तिमा ५० जनालाई व्यावसायिक तरकारी खेतीमा तालिम दिनुपर्ने माग राखेको बताउनु भयो । अरु किसानलाई यसप्रति आकर्षित तुल्याउन र आफ्नो आम्दानी पनि बढाउँदै लैजाने र अरु पेसा व्यवसाय नअँगाली यसैलाई विकास विस्तार गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नु भयो ।

Shares

Be the first to comment on "तरकारी खेतीबाट यो वर्ष ७० लाख रुपियाँको तरकारी बिक्री गर्ने लक्ष्य"

Leave a comment

Your email address will not be published.


*