ईश्वर बिश्वकर्मा ÷चरिकोट, – २०७४ को स्थानीय तहको चुनावमा निर्वाचित पालिका प्रमुखहरुले पुनः दोहोरिने चाहना राखेका छन् । निर्वाचित जनप्रतिधिहरुको पाँच वर्षे कार्यकाल समाप्त हुन केही दिन बाँकी छ । आगामी बैशाख ३० गते हुने निर्वाचनमा हाल पालिका प्रमुख तथा अध्यक्षले एक पटक फेरी दोहो¥याउने आकांक्षा देखाउनु भएको हो ् । तामाकोशी गाउँपालिकाका र मेलुङ गाउँपालिकाका अध्यक्ष बाहेक अन्य आठ वटा पालिका प्रमुखहरुले सोही पदमा दोहो¥याउने आकांक्षा राख्नु भएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले आफ्नो पहिलो कार्यकाल उपलब्धिमूलक रहेको बताउँदै थप कामको लागि आफ्नो उम्मेद्वारी दाबी गरेको बताउनुभयो । उहाँले भन्नुभयो” ऐन, कानूनको निर्माण देखि लिएर सबै कुराको जग बसाउनुपर्ने भएकोले केही चुनौती र केही अवसर पनि भएको थियो । आवश्यक सम्पूर्ण पूर्वाधार निर्माण गरेका छौँ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा त आमूलै परिवर्तन भएको छ ।“ उहाँले भन्नुभयो ”बहुवर्षिय कामहरु सम्पन्न हुन बाँकी छन्, तिनहरुको पूर्णताको लागि मेरो उम्मेद्वारी हो ।“ जिरी नगरपालिकाका अध्यक्ष टंक जिरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेद्वारी दिनुभएको छ । कांग्रेसमा रहनुभएका जिरेल २०७४ सालको चुनावमा एमालेमा प्रवेश गरी अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले आगामी निर्वाचनमा पुनः अध्यक्षमा दोहो¥याउने चाहना राखेपछि एमालेले उम्मेद्वारमा सिफारिस गरिदिएको छ । बितेको पाँच वर्षे कार्यकालमा उहाँले सुनाउन साध्य नहुने गरी काम गरेको दाबी गर्दै अधुरा रहेका कामहरुलाई पूरा गर्न उम्मेद्वारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो “स्रोतसाधन र क्षमताले भ्याएसम्म काम भएका छन् । बाँकी रहेका कामहरु पुनः आफू अध्यक्ष भएपछि पूरा गर्ने छु ।”स्थानीय तहको गएको चुनावमा एमालेबाट कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बन्नुभएका विनकुमार थामीले आगामी बैशाख ३० गते हुने निर्वाचनमा पुनः पालिका अध्यक्षमा उम्मेद्वारी दिन लाग्नुभएको छ । उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न क्षेत्रमा थुप्रै काम गरेको र केही कामहरु अधुरा रहेकोले त्यसलाई आफूले मात्र पूरा गर्न सक्ने भन्दै पुनः अध्यक्षमा दाबेदारको रुपमा प्रस्तुत हुन लाग्नुभएको हो । खानेपानीको क्षेत्रमा भने अपेक्षाकृत काम गर्न नसकिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो “ एक घर, एक खानेपानीको धारा भन्ने अभियान अन्तर्गत ३१ प्रतिशत मात्र काम भयो । त्यो सन्तोषजक छैन । त्यसैले त्यो पनि मेरै कार्यकालमा पूरा गर्ने चाहना हो ।” शैलुङ गाउँपालिका ःअध्यक्ष भरत प्रसाद दुलालले पुनः अध्यक्षमा दोहोरिने उद्धेश्य साथ तयारीमा जुट्नुभएको छ । २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष दुलालले घोषणा पत्रमा उल्लेखित कामहरु गरिएको र बाँकी रहेका योजना तथा थप योजना बनाएर पालिकाको विकास पुनः आफूले अध्यक्षमा जितेमा सफल हुने सुनाउनुभयो । उहाँका अनुसार २०७४ अघिको क्षेत्र र अहिले गाउँपालिकामा धेरै अन्तर रहेको छ । चुनौती र समस्याहरुको बीच आफूले सक्दो काम गरेको उहाँले सुनाउँदै अझै काम गर्ने चाहना रहेकोले सोको पूरा गर्न उम्मेद्वारी दिन लागेको बताउनुभयो ।स्थानीय तहको पहिलो निर्वाचनमा बैतेश्वर गाउँपालिकाकामा कांग्रेसबाट छवि लामा निर्वाचित हुनुभएको थियो । उहाँले आगामी निर्वाचन पनि अध्यक्ष बन्ने आकांक्षा राख्नुभएको छ । उहाँले भन्नुभयो” पाँच वर्षे कार्यकाल सकिनै लागेको छ । अब फेरी पालिका अध्यक्ष बनेर काम गर्ने चाहना छ । पार्टी र जनताले त्यो अवसर दिएमा पालिकाको विकासको लागि प्रतिबद्ध भएर काम गर्ने छु ।“२०७४ को चुनावमा विगु गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष बन्नुभएका युधिष्ठिर खड्काले पनि पुनः अध्यक्ष बन्ने चाहना राख्नु भएको छ । पालिकामा आफू अध्यक्ष भएपछि शून्यबाट सूरु भएको कामले जग हाल्न सफल भएको सुनाउदै बजेट अभाव, कर्मचारीको अभाव, कोरोना महामहारी लगायतका कारण सोचेअनुरुप काम नभएपनि जनतालाई निराश भने नपारेको सुनाउनुभयो । उहाँले भन्नुभयो” मैलेँ अरुले जस्तो झुटो आश्वासन दिइन । त्यसैले प्रतिबद्धता अनुसार सबै काम गर्ने प्रयास भएका छन् । अधुरा योजनाहरु सम्पन्न गर्न मलाई अवसर दिएमा म सहजै स्वीर्कान तयार छु ।“ गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्का पनि फेरी एक पटक अध्यक्ष बन्ने आकांक्षा राख्नुभएको छ । “यस अघि पनि निर्वाचित भएर कानूनी व्यवस्था बमोजिम रहेर काम गरेको छु । अब पनि पार्टीले पालिकाको अध्यक्षको टिकट दिएर जनताले भोट दिएर जिताएमा अधुरा काम पूरा गरिने छ ।” उहाँले भन्नुभयो ।
दोलखाका सात पालिकाका प्रमुखको दोहोरिने आकांक्षा
TOPICS:स्थानीय तह निर्वाचन
Posted By: दीक्षण दैनिक २८ चैत्र २०७८, सोमबार १०:३१
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "दोलखाका सात पालिकाका प्रमुखको दोहोरिने आकांक्षा"