बैतेश्वर गाउँपालिका वडा नम्बर –७ मार्बुको नव निर्मित वडा कार्यालय भवन उद्धघाटन

चरिकोट (दीस)– दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर –७ मार्बुको नव निर्मित वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । भवनको पूर्वमन्त्री एबम् दोलखा जिल्लाका संघीय सांसद पार्वत गुरुङले आज एक समारोहका विच उद्धघाटन गर्नु भएको छ । २५ सय वर्गफिट क्षेत्रफलमा फैलिएको यो भवनमा ६ वटा कोठा रहेको वडा अध्यक्ष रेशम राजस्वराज रिमालले बताउनुभयो । सवै वडाबासी संघिय र प्रदेश सरकारको सहयोगमा वडा कार्यालयको निर्माण गरिएको उहाँले बताउनु भयो । पिपलबोट टोलमा निर्माण भएको भवनमा मिटिङ हल, प्रशासन, प्राविधिक, कृषि लगाएतका विभिन्न शाखाको कार्यालय, महिला, पुरुष र अपांगमैत्रि शौचालय रहेको छ।निर्माण सम्पन्न हुँदा भवन साढे दुई तलाको हुनेछ भने १९ वटा कोठा निर्माण हुने छ।पुरै भवन निर्माणको अनुमानित लागत साढे दुई करोड रहेको बैतेश्वर गाउँपालिकाको प्राविधिक युधिष्ठिर केसीले जानकारी दिनुभयो।एक तला मात्रै निर्माण हुँदा लागत एक करोड आठ लाख रुपियाँ खर्च भऐको छ।आव २०७६÷०७७ बाट सुरुभएको थियो भने, भवन निर्माणका लागि स्थानीय कृष्ण बहादुर (के.बी) उप्रेतीले जग्गा दान गर्नुभएको हो।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिका वडा नम्बर –७ मार्बुको नव निर्मित वडा कार्यालय भवन उद्धघाटन"

Leave a comment

Your email address will not be published.


*