ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २४
दोलखाको मेलुङ गाउँपालिकाले फलफूल दशक बिरुवा रोपन कार्यक्रम अन्तर्गत किवी फलको बिरुवा वितरण सुरु गरेको छ । किवि खेती विस्तार तथा प्रवर्द्धन गर्न किसानको मागको आधारमा किवीको बिरुवा वितरण थालिएको हो । किसानलाई वितरण गर्नको लागि रामेछाप बाट ३५ सय बोट किवीको बिरुवा ल्याइएको थियो । ती बिरुवा अहिले वडा कार्यालय मार्फत किसानलाई निःशुल्क वितरणको कार्य भइरहेको पालिकाका कृषि तथा पशुपन्छि विकास शाखाका प्रा.स झुपलाल के.सीले बताउनुभयो । वडा नं. २ र ७ मा बाहेक सबै वडा किवी खेतीको लागि उपयुक्त छ । त्यसैले ती वडाका किसानको माग निवेदनको आधारमा किवी बिरुवा वितरण गर्न थालिएको हो । वडा नं. ३ र ४ वडा किसानलाई मंगलबार १४ सय बोट वितरण गरिएको छ । भने वडा नं. १ मा ९ सय वटा, वडा नं ५ मा ६ सय वटा र वडा न. ६ मा ६ सय वटा विरुवा वितरण गर्ने लक्ष्य रहेको बताइएको छ। फलफूलमा आत्मनिर्भर बन्ने उद्देश्यका साथ पालिकाले फलफूल दशक बिरुवा रोपन कार्यक्रम अंगिकार गरेको हो ।
Be the first to comment on "किसानलाई किवीको बिरुवा वितरण गर्दै मेलुङ गाउँपालिका"