किसानको मन जित्दै विज्ञ केन्द्र

इश्वर बिश्वकर्मा/चरिकोट, –दोलखाका नौ वटै स्थानीय तहमा पशुपन्छी सेवा शाखा रहेका छन् । पशुपालक किसानहरुको समस्या समाधान तथा सहयोगार्थ पशुपन्छी सेवा शाखाको विकास तथा विस्तार गरिएको हो । यद्यपी आवश्यक स्रोतसाधन, जनशक्तिको अभावमा जेलिएका ती शाखाले किसानको मर्कालाई सम्बोधन नसक्दा यसको औचित्यमाथी प्रश्न प्रकट भएको छ । सोचे अनुरुपको उपचार तथा परामर्श सेवा प्रभावकारी रुपमा पाउन अत्यन्तै झन्झटिलो र कठिन रहेको स्वयं किसानहरुको गुनासो रहेको छ ।सदरमुकाम क्षेत्रका किसानहरु भने पशु तथा पन्छी सम्बन्धि समस्या लिएर भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चरिकोट पुग्छन् । उनीहरुको भरोसा नै विज्ञ केन्द्र बनेको यहाँबाट सेवा लिएका किसानहरुको भनाईबाट पुष्टि हुन्छ । भीमेश्वर नगरपालिका वडा नम्बर ३ का सहर्पाका किसान श्याम कृष्ण कुसुले बाख्राका लागि औषधी लिन केन्द्र आउनु भयो । उहाँेले आफ्नो समस्या बारे केन्द्रमा राख्ने बित्तिकै समाधानका लागि सुनुवाई बताउनुभयो । नगरपालिकाको पशु सेवा शाखा बारे जानकारी नभएको बताउने कुसुले विज्ञ केन्द्र नै आफ्नो लागि भरोसा रहेको सुनाउनु भयो ।
केन्द्रका डाक्टर पलट चौधरीले केन्द्रमा किसानहरुको विश्वास बढेको सुनाउनुहुदैँ यहाँका सेवाबाट किसानहरु लाभान्वित भएको बताउनु भयो । उहाँका अनुसार औषधीउपचार, प्राविधिक सेवा तथा आवश्यक परामर्श सेवाहरु फिल्ड वा केन्द्रबाटै उपलब्ध गराइन्छ । गत वर्ष केन्द्र वा फिल्डबाट ३० हजार ६ सय ६३ घरपालुवा पशुपन्छीको मेडिकल उपचार गरिएको छ । माइनल सर्जिकल चार सय ६, गाइनोक्लोजिकल ७० वटा पशुमा गरिएको छ । केन्द्रको प्रयोगशालामा एक हजार ३ सय ३७ वटा पशुहरुको नमूना गोबर जाँच गरिएको डाक्टर चौधरीले बताउनुभयो ।केन्द्रमा उपलब्ध सेवाहरुमध्ये कृत्रिम गर्भाधान सेवा पनि महत्वपूर्ण सेवा हो । पशुको उत्पादकत्व वृद्धि गराउन, हाडनाता प्रजननबाट उत्पादकत्वमा ह्रास हुन नदिन र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशु बचाउन कृत्रिम गर्भाधान प्रभावकारी रहेको डाक्टर चौधरी बताउनुहुन्छ । केन्द्रबाट तीन सय ३० भैर्सी, एक सय ६३ गाई, र २१ वटा बाख्रामा गत वर्ष कृत्रिम गर्भाधान गरिएको बताइएको छ । खोप सेवा अन्तर्गत ३३ हजार ८ सय डोज रानीखेत खोप, १५ सय डोज खोप रेबिज विरुद्धको खोप लगाइएको बताइएको छ । दोलखा र सिन्धुपाल्चोक कार्य क्षेत्र रहेको विज्ञ केन्द्रमा दरबन्दी अनुसारको भेटेरीनरी प्राविधिक नहुँदा भने फिल्ड सेवा दिन भने चूनौती रहेको बताइएको छ ।

Shares

Be the first to comment on "किसानको मन जित्दै विज्ञ केन्द्र"

Leave a comment

Your email address will not be published.


*