देशमा कोरोनाको कहर रहेको छ । कोभिडले सबै क्षेत्रमा प्रभाब पारेको छ । कोरोनाले सहकारीमा कस्तो प्रभाब पारेको छ । यस सन्र्दभमा दीक्षण सहकर्मी अनिल दहालले परोपकार महिला सहकारीका अध्यक्ष शर्मिला सापकोटासँग कुराकानी गरेका थिए ।
शर्मिला सापकोटा
अध्यक्ष–परोपकार महिला सकोस
१. सहकारी क्षेत्रमाप्रवेश गर्नु भएको कति समय भयो ?आफ्नो अनुभबताई दिनोस न?
म सहकारी क्षेत्रमा २०६० सालदेखि प्रवेश गरेको हुँ । त्यतिबेला मैले सहकारी संस्थामा कर्मचारीको रुपमा काम गर्ने अवसर प्राप्त गरेको थिए । दोलखा जिल्ला लगायत देशैभरी त्यो समयमा सहकारी संस्थाहरु अहिलेको जस्तो तिव्र रुपमा दर्ता भई सञ्चालनमा आएका थिएनन् । जिल्लामा कति सहकारी छन् भन्ने कुरा सजिलै भन्न सकिन्थ्यो । सरकारले सहकारी ऐन २०४८ र नियमावली २०४९ जारी भएपछि केही सहकारी संस्थाहरु फाट्फूट दर्ता भए पनि कानुनी सहजता र मानिसहरुमा सहकारी प्रति अकर्षण बढ्न थालेकोले गर्दा २०६३ पछि सहकारी संस्थाहरु धमाधमदर्ता भई सञ्चानमा आएका हुन् । हाल दोलखामा मात्रै ५१२ र नेपालभरी कूल ३५ हजार सहकारी संस्थाहरु रहेका छन् जिल्लामा डिभिजन सहकारी कार्यालयले सहकारी सम्बन्धि काम हेनै व्यवस्था थियो । अहिले मुलुक संघीय संरचनामा गएपछि भने सहकारी ऐन २०७४ ले सहकारीको संरचनामा केही फेरबदल गरेको छ । नयाँ ऐनले स्थानीय तह,प्रदेश सरकार र संघिय सरकारले नियमन गर्ने गरी सहकारीको वर्गीकरण पनि गरेको अवस्था छ ।
मैले कर्मचारीको रुपमा कार्यालय सहायक पदबाट प्रवेश गरी करिब ८ वर्षको दौरानमा विविभन्न पदमा रही कार्य गरे । यसै क्रममा महिलाह्ररु मात्र संलग्न रहने गरी एउटा सहकारी संस्थाको परिकल्पना गरी आफ्ना अनुभवहरुलाई पनि संगाल्दै २०६८ साल श्रावण महिनामा हामी स्थानीय स्तरका ५० जना महिलाहरुको सक्रियतामा परोपकार महिला बचत तथा ऋण सहकारी संस्था दर्ता गरी सञ्चालन ग¥यौ । मैले सोही संस्थाको नेतृत्व गर्ने अवसर पाएँ । परोपकार महिला साकोसमा ०७७ आषाढ मसान्तसम्म करिब १७ सय शेयर र ३ सय २० बाल बचत कर्ताहरु आबद्ध रही १० करोड ३० लाख बराबरको पूँजी परिचालन भईरहेको छ । महिलाहरुले सञ्चालन गरेको सहकारीहरुमा कारोवारका हिसाबले जिल्लामा प्रथम स्थानमा रहेको छ भने नेफ्स्कूनसँग सम्झौता गरी जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यबmममा आबद्ध भई कर्वसको ब्राण्डको लागि पूरा गर्नुपर्ने सूचकहरुलाई योजनाका साथ कार्यान्वयन गरि अघि बढीरहेका छौ ।
२. सहकारीमा के –के चुनौती देख्नुहुन्छ ?
सहकारीमा अवसर र चुनौती दुवै छन् । देशमा रहेका सबै सहकारीले सदस्यलाई बचत तथा ऋण सँगै विभिन्न आर्थिक,सामाजिक,सँस्कृतिक तथा नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । सहकारी संस्थामा कुनै व्यक्ति आबद्ध हुनु भन्दा पहिले साहूँ महाजनको चर्को व्याज तिरेर जिविकोपार्जन गरेका मानिसलाई अहिले सहकारीहरु सहारा बनेका छन् । हरेक सदस्यलाई बचत गर्ने बानीको विकास सँगै ऋण लिने र सहि कार्यमा लगानी गरी आम्दानीको श्रोत बृद्धि गरी आत्मानिर्भर हुन सहकारीले अभिप्रेरित गरेको छ । सदस्य आफ्नै लगानीमा विभिन्न कृषि,पशुपालन,व्यापार,जग्गा खरिद तथा उद्योग कल कारखानामा समेत लगानी गर्न सक्ने भएका छन् । सहकारी सँस्था सदस्यहरुबाट नै प्रजातान्त्रिक नियन्त्रणमा चल्ने भएको हुँदा सदस्यले आफ्नो हित अनुकूलका निर्णमा भाग लिन पाउने,नेतृत्व गर्न पाउनु, रोजगारीको केही हिँसा सहकारीले प्रदान गर्नु जस्ता कुराहरु सबै अवसरमा पर्दछन् । सर्व साधारण र कम आय भएका मानिसमा बचत गर्न सिकाएर राष्ट्रिय पूजी निमार्णमा समेत सहयोग पुगेको छ ।
सहकारी संस्था सञ्चालनमा केही चुनौतीहरु पनि छन् । सहकारी ऐनमा व्यवस्था भए अनुरुप सहकारी संस्थामा भएको दोहोरो सदस्तालाई अन्त्य गर्नु,सहकारी एकीकरणलाई नीतिगत रुपमा कार्यान्वयनमा ल्याउनु,समग्र देशको स्थानीय स्तारमा रहेका सहकारीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु,राम्ररी नियमन हुन नसक्दा सहकारीमा जानेर वा नजानेर धेरैखालका समस्या देखापर्नु । यसले गर्दा कतिपय नीति विद्यिमा चलेका संस्थामा सदस्यको विश्वास गुम्नु, नीति,विद्यि र प्रविद्यिमा लैजानको लागि सञ्चालकहरु दक्ष हुन केशिष नगर्दा व्यवस्थापनसँग सञ्चालक निर्भर रहनु,संघीय संरचानाले गरिदिएको व्यवस्थाले सानातिना काम गर्न संघ र प्रदेश जान झन्झटिलो तथा स्थानीय तहमा पनि सहकारीका समस्या समाधानका लागि छुट्टै फाँटको व्यवस्था नहुनु र संविधानमा सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा भित्र राखेता पनि अहिलेसम्म बैंक तथा वित्तिय संस्था भनेर सहकारीलाई सँगै सम्बोधन नगर्नु जस्ता सहकारी अभियानका चुनौतीहरु रहेका छनु ।
३. सहकारी र बैंकमा कुनै फरक छैन भन्ने सुनिन्छ ,के भन्नुहुन्छ ?
सहकारी र बैंकमा फरक हुँदैनथ्यो भने त १९९४ सालमा नेपाल बैंकको स्थापना भएको हो , त्यो पश्चात कृषि विकास बैंक,वाणिन्य बैंक तथा अन्य कर्मसियल र विकास बैंकहरु स्थापना भए,त्यो बेलादेखि नै बैंकले सहकारीले दिन सक्ने सबै खालका सेवा सुविधा दिदो हो त फेरि सहकारीको कल्पना नै गर्नु पर्ने थिएन होला नि होईन र? सह–कार्य अर्थात सहकारीताले आपसमा मिलेर काम गरौं भन्ने भावना जगाँउछ । एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तबाट प्रेरित भई व्यक्ति,परिवार,समाज र समग्र राष्ट्रका आर्थिेक हित तथा सामाजिक समुन्तीको लागि गरिने एकताबद्ध प्रयास सहकारी हो ।सहकारी समुदायमा आधारित हुन्छन् । सहकारीले आफ्ना सदस्यहरुमा मात्र कारोवार गर्दछ । समाजमा रहेका आर्थिक असमानतालाई हटाई आत्मानिर्भर प्राप्त गर्नतर्फ आफ्ना सदस्यलाई केन्द्रित गर्दछ । थोरै बचत संकलन गरी बृहत कोष खडा गरी आफ्नै सदस्यहरुमा ऋण परिचालन गर्दछ । सदस्यको सानाठूला गर्जो टार्ने काम सहकारीबाट हुने गर्दछ । सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण हुने एउटा पवित्र संस्था सहकारी हो ।पछिल्लो समयमा त बैंकहरुले गर्ने केही ठूला लगानी समेत सहकारीले गर्न लागिसके बरु बैंकको सुविधा चाँही सहकारीबाट पनि पाउन लागिसकेको छ भन्दा फरक नपर्ला । एकदुई वटा छिटफुट घटनाले केही असर ल्याउन खोजेपनि अहिले हरेक सहकारी संस्थालाई नेपाल सरकार तथा बचत तथा ऋण सहकारी संस्थालाई नेफ्स्कुनले नीति,विद्यि र प्रविद्यियुक्त सेवालाई अगाडि बढाउदै नियमनकारी निकायको भूमिका समेत निर्वाह गरिरहेको छ ।
सहकारीले माथि उल्लेखित जति कार्य गर्दछ,यो कार्य बैंकबाट सभ्भव ह्ँदैन । बैंकले असिमिति कारोबर गर्दछ । बैंकमा बचत गर्न सबैको पहूँच पुगे पनि ऋण सेवामा पहुँच पु¥याउन सबैले सक्दैन । त्यसैले बैंक र सहकारीमा फरक नहुने भन्ने त कुरा नै हु्दैन ।
४.सहकारीमा सीमित वर्गको मात्र हालिमुहाली भयो भन्ने सुनिन्छ,तपाँईलाई के लाग्छ ?
यो प्रश्न नेपालका सबै ठाँउमा लागू हुँदैन जस्तो मलाई लाग्दछ । तपाँईले भने जस्तो सीमित वर्गको हालीमुहाली भन्ने कुरा जुन सहकारीमा नीति,विद्यि,प्रविद्यिमा रहेर कारोवार गरेका छन्,त्यहाँ सहकारीका सिद्धान्तलाई पनि केन्द्रमा राखेको हुन्छ ।,विल्कुल त्यहाँ यस्तो हालिमुहाली भन्ने कुरा आँउदैन । जहाँ नीति,विद्यिर मापदण्डलाई प्रथामिकता दिईदैन त्यस्ता संस्थामा केही समस्या नहोला भन्न सकिन्न ।
५. सहकारीमा पैसा छ ,तर आफ्नो पैसा निकाल्न पनि झन्झट हुन्छ,भन्ने बचत कर्ताको गुनासो सुनिन्छ नि ?
सहकारीमा सदस्यको त्यस्तो गुनासो त हुनु नपर्ने हो । सदस्यले २०४८ सालमा सहकारी खुल्दा केही सञ्चालक समिति वा कर्मचारीबाट मौखिक रुपमा भनिएको कुरालाई संस्थाको नीति मानिन्थ्यो । त्यतिबेला संस्थामा आवश्यक पर्ने कुनै नीतिहरु तर्जुमा गएिको हुँदैनथ्यो । त्यतिबेला सजिलै सेवा सुविधा पाएका केही सदस्यहरुलाई आजपनि सहकारीले त्यसैगरी काम गर्नुपर्दछ भन्ने सोच राख्दछन् । अहिले सहकारीमा हरेक गतिविद्यिलाई नीतिगत रुपमा अगाडि बढाउदा सुरुसुरुमा केही समस्या भने पक्कै आउछन् । जस्तै कुनै सदस्यको मासिक बचत खातामा १० हजार बचत छ, ऊ संस्थामा जान्छ र १० हजार नै मलाई बचत फिर्ता गरिदिनु भन्छ, तर बचत नीतिमा नियमित बचतको ७५ प्रतिशत मात्र बचत फिर्ता लिन पाउने व्यवस्था छ भने संस्थाको कर्मचारी सोही ७५ प्रतिशत मात्र फिर्ता गर्नु भनेर जानकारी दिँदा सदस्यलाई मैले बचत पनि सबै झिक्न पाउनु पर्ने भन्ने केही सदस्यको बुझाईले संस्थाको नीतिगत समस्या हुन सक्छ ,यस्तै वाल बचतमा वाल सदस्यको बचत १६ वर्ष नपुगि झिक्न नपाउने व्यवस्था गरिएको छ भने सदस्यले जुनवेला पनि मलाई फिर्ता हुनु पर्दछ भन्ने माग राखेको एका दुई पाईन्छ । त्यसैले नीतिगत बुझाईमा समस्या हो ,तर बचत फिर्ता मा नै झन्झट होईन होला भन्ने मलाई लाग्दछ ।
६. सहकार्ी संस्थाहरुमा कोरोना भाईरस रोगले के–कस्तो असर पारेको छ ्? तपाँईको संस्थाको बारो पनि बताइ दिनुहोस् न ।
कोरोना भाईरसको कारणले विश्व नै आर्थिक मन्दिमा पुगिसकेको अवस्था छ । सायद,विश्व नै बन्द भएर मानिस आफ्नो कामकाज छोडेर घर भित्र बसेको यो पहिलो पटक होला । विश्वको जनसंख्या सबै बसेर खानु पर्ने परिस्थितिमा पुगेको यो दुःखद्ु समयले हरेक देशलाई आर्थिक मन्दिमा धकेलेको छ । यो महामारीमा हाम्रो देश त झन विकसित देहको तुलनामा अझ धेरै मारमा पर्ने नै भयो । अर्थतन्त्रको ३ खम्बे नीति अन्तर्गत पर्ने सहकारी क्षेत्रमा झनै असर परेको छ । सहकारीको मुख्य बारोबार नै बचत संकलन,ऋण लगानी र ऋण असुली भएको हुँदा यो कारोवार बन्दाबन्दी अवधिमा सहकारी संस्थामा हुन सकेन,त्यस्को असरको त हाम्ीले सजिलै अनुमान गर्न सक्छौ । हाम्रो संस्था लगायत सबै सहकारीको मर्म एउटै होला भनेर मैले बुझेको छु । गत वर्ष हामीले करिब ९ महिना संस्था राम्रोसँग खोल्न पाएको हुँदा सदस्यको बचतमा तोकीए बमोजिमको व्याज दिई दोलखाका सायद सबै संस्थाले निर्धारित लक्ष्य अनुरुपको नाफा प्राप्त गर्न नसके पनि कुनै सहकारीले घटा व्यहार्नु परेन । अब यो आर्थिक वर्षको शुरुदेखि नै फेरी बन्दाबन्दीले निरन्तरता पायो भने अबका दिनमा सहकारी संस्थाको नाफा वा घाटाको अनुमान गर्न सकिँदैन । अहिले बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाईरसको माहामारीमा सदस्यमा परेको असरको बारेमा आफ्ना सदस्यहरुमा एउटा सर्वेक्षण फारम भरी सो को डाटाको आधारमा संस्थाको व्यवसाय निरन्तरताको योजना तयारी गरी लागू गर्न खोजिएको छ । पक्कै यो योजनाले सदस्य,संस्था र कर्मचारीलाई कठीन परिस्थितिमा पनि संस्था सञ्चालन गर्न मार्गनिर्देश गर्नेछ ।
७. सहकारी स्थापना त भए,यीनमा पैसा पनि छ,तर रोजगारी सिर्जना लगायतका क्षेत्रमा काम भएको देखिन्न । बचत उठाउने र ऋण लगानी गर्ने काम मात्र सहकारिकाे हो त?
सहकारीमा भएको पैसा सदस्यको हो,सदस्यले नै आफ्नो उत्पादनको क्षेत्रमा लगानी गरेर आम्दानीको स्रोत बृद्धि गर्न पर्दछ । सहकारीले हरेक सदस्यलाई आत्मनिर्भर बन्न रोजगारीमूलक कार्य गर्न नै अभिप्ररित गरेको छ । बरु सदस्यले उत्पादनमूलक क्षेत्रमा लगनी गनुपर्ने रकम अनुत्पादक क्षेत्रमा लगानी गरेर केही सदस्यले सहकारकिो ऋणलाई संकटमा पु¥एको अवस्था छ । अबका दिनमा सायद हरेक व्यक्तिले आफूलाई उत्पादनमूखि व्यवसायमा जोड्छन् ,भन्ने कुराको आशा गरौं । यो कारोना भाईरसको महामारीले पक्कै पनि हरेक नेपालीलाई विदेशीमोहमा वितृष्णा जगाई स्वदेशीमायामा धकेल्नेछ । केही दिन अगाडि मात्र टिभिमा एक जना विदेश जान लागेको युवाले कोरोना भाईरसको माहामारीले विदेश जान नसकेकोले भिषा क्यान्सील गरी कुखुरा फारम खोलेर उद्यमी बनेको देखाईएको थियो । यस्ता कार्यले प्रत्येक निराश मानिसमा जागरुकता पैदा गरोस र हरेक मानिस उद्यमी बन्न सकोस । यस्ता कार्य गर्न खोज्ने आफ्ना सदस्यलाई आर्थिक व्यवसायको अनुगमन गरेर सहकारीले लगानी गरी व्यवसायिक बन्नु बनाउनु आजको आवश्यकत्ता हो ,अब यसो गर्नुको विकल्प छैन ।
८. सहकारीको आन्दोलनलाई अगाडि बढाउन कसको भूमिका के हुनुपर्ला ?
सहकारीको अभियनामा के कस्ता चुनौती छन् भन्ने कुरा मैले अगाडि पनि भनि सके । ति चुनौतीहरुको सामना गर्नको लागि सहकारी संस्थाका सदस्यले संस्थाको नीति नियमलाई पालना गर्दै सहकारी सिद्धान्त अनुरुप संस्थालाई अगाडि बढ्न संस्थाको हरेक गतिविद्यिमा भाग लिने ,सकारात्म सल्लाह सुझाव दिने । सहकारी संस्थाका सञ्चालक र कर्मचारीले संस्थालाई नीति,विद्यि र प्रविद्यिमैत्री बनाउन हरपहल लागी रहने तथा जिल्लाका विषयगत संघ,केन्द्रिय संघले सहकारीलाई हरेक नीतिगत समस्यालाई समाधन गर्न स्थानीय ,प्रदेश तथा केन्द्रीय सरकार सँग पूलको रुपमा कार्य गर्ने । छता संघहरुले कारोवारका आधारमा ठूलासाना सहकारी नभनि संस्थाको प्रर्वद्धनमा समान रुपमा सबैलाई व्यवहार गर्ने । स्थानीय सरकारका गतिविद्यिमा सहकारी संस्थासँग समन्वय गरेर नागरिकलाई दिन सक्ने सेवा सुविधामा कुनै कञ्जुस्याँई नगर्ने र नियमनकारी निकायले सहकारीलाई वेलावेलामा नियमन गर्ने जस्ता भूमिका सबैले आ–आफ्नो तह र तप्काबाट गर्नुपर्ने हुन्छ ।
९. नेपालमा रहेका महिला सहकारीको अवस्थाको के छ ? बताइ दिनुहास् न ।
नेपालमा २०२९ सालमा ईलाम जिल्लामा दर्ता भएको महिला सुनाखरी बहुउद्देश्यीय संस्था पहिलो महिला सहकारी हो । त्यो वेलादेखि हालसम्म आई पुग्दा नेपालमा करिब ४ हजार दुई सय माथि महिला सहकारीहरु छन् । यि मध्ये धेरै जसो महिला सहकारीहरु दर्ता हुनुमा तत्कालीन महिला विकास कार्यालयको ठूलो योगदान छ । २५ जना महिलाहरुको समूह बनाई सहकारीमा रुपान्तरण गर्ने कार्य त्यो वेला महिला विकास कार्यालयले गरेको हो । त्यसरी दर्ता भएका कतिपय सहकारीहरु अहिले सही व्यवस्थापन नहुँदा सक्रिय रुपमा सञ्चालन हुन सकेका छैनन् । समुदायमा अधारित भई स्वःस्फूर्त रुपमा स्थापना भएका धेरै महिला सहकारी सफल छन् र अग्रगतिमा रहेर कारोवार गरिरहेका छन् । महिलाहरुद्धारा सञ्चालित केही सहकारीहरुले एशिया स्तरको ब्राण्ड तथा नेफ्स्कुनले प्रदान गर्ने नेपाल स्तरको प्रोवेशन ब्राण्ड प्राप्त गरेका धेरै संस्था छन् । धेरै संस्थाहरु उक्त ब्राण्ड प्राप्त गर्नको लागि प्रयासरत छन् । मिश्रित सहकारमिा पनि सदस्य संख्या बढी छ । बचत तथा ऋण कारोवारमा महिला सदस्यको भूमिका र कारोवार राम्रो छ । यो भनेको सहकारीको क्षेत्रमा महिलाहरुबाट भएको ठूला उपलब्धि र देशको अर्थतन्त्र बृद्धिमा भएको योगदान पनि हो । अहिले नयाँ सहकारी ऐनमा भएको व्यवस्था अनुरुप महिला सहकारीलाई आफ्नो अस्तित्व बचाउन समस्या आई परेको छ । महिला सहकारीलाई अरु मिश्रित सहकारी सरह हेरिनु हुँदैन । महिला सहकारी महिलामा नै एकृकीत हुने प्रष्ट व्यवस्थालाई कहिँकतैबाट हस्तक्षप गरिनु हुँदैन । यसो भएन भने यी सबै महिला सहकारीको अस्तित्व रहँदैन । सदस्यको सहभागीता संख्यात्मकरुपमा महिलाको जति भएपनि अवसरमा ज्यादै न्यून हुनेगर्छ । नेतृत्वको प्रमुख तह र व्यवस्थापनको प्रमुख तहमा अहिले पनि महिलाको सहभागीता सन्तोषजनक रहेको छैन । अर्को समस्या भनेको महिलाहरुद्धारा सञ्चालित सहकारीहरु स्वःस्फूर्त रुपमा महिलाहरुबाट नै सञ्चालित हुन नसक्नु । कतिपय संस्थाले अहिले पनि व्यवस्थापन तह वा सदस्यमा नै पुरुष राखेर आफूमा दृढताका साथ सञ्चालन गर्ने हिम्मत राख्न सकेका छैनन् । यसले गर्दा महिलाहरुको नृृतृत्व र कार्यान्वयन शक्तिमा अझै प्रश्न चिन्ह्र खडा हुन्छ । संस्थाको नीति निमार्ण तह, नेतृन्व तह र कार्यान्वयन तहमा नै आफ्नो क्षमताको प्रस्तुत गर्दै स्फूर्त रुपमा महिलाहरुकबाट मात्र सञ्चालन र व्यवस्थापन गर्न शुरुवात गरिनु पर्दछ । तब मात्र हामीले महिलाहरुको शसक्तिकरण गर्ने अभियानमा जित हासिल गर्न सक्दछौ ,भन्ने कुरा पनि म सबै महिला सहकारीकर्मीमा अनुरोध गर्न चाहन्छु ।
१०. संस्थाको आ.व.२०७६÷०७७ को लेखापरीक्षण गर्ने कार्य सकियो ?
हाम्रो संस्थाको आ.व.२०७६÷०७७ को लेखापरीक्षण सम्पन्न भई सकेको छ । यस वर्ष कोभिडको–१९ को प्रभावले गर्दा भर्चुअल विद्यिबाट लेखापरीक्षण सम्पन्न गरियो ।
Be the first to comment on "महिला सहकारी महिलामा नै एकृकीत हुने प्रष्ट व्यवस्थालाई कहिँकतैबाट हस्तक्षेप गरिनु हुँदैन"